Categories
ताजा समाचार

बिचल्लीमा परेका बाजुराका ४ बालबालिका एसोएसको संरक्षणमा

बाजुरा : आमाको मृत्युपछि बिचल्लीमा परेका तीनजना बालबालिकालाई एसोएस बालग्राम भक्तपुरले संरक्षणको जिम्मा लिएको छ। हिमाली गाउँपालिका- ६ की बच्ची लुहारको मृत्युपछि उनका ३ जना छोराछोरी बिचल्लीमा परेका थिए।लुहारको मुटु र फोक्सोको रोगबाट गत साउनमा मृत्यु भएको थियो।

त्यस्तै बुढिगंगा नगरपालिका- ९ का ५ वर्षीय अविशेष थापालाई पनि एसोएसले संरक्षणको जिम्मा लिएको सामाजिक अगुवा नरेन्द्र थापाले बताए। बुवा भक्त थापा बेपत्ता र आमाले दोस्रो बिहे गरेपछि अविशेष साहाराबिहिन भएका थिए। मृतकका श्रीमान् शान्त लुहार पनि फोक्सोका बिरामी छन्।हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ।उनको मुटुको दायाँ भाग फेल भएको चिकित्सकले बताएका छन्।आमाको मृत्यु र बुवा अस्पतालको शैयामा भएपछि तीन भाइबहिनी अलपत्र परेको समाचार अन्नपूर्णपोष्टडटकममा प्रकाशित भएको थियो।

‘समाचार प्रकाशितपछि हामीले खबर पायौं, त्यसपछि स्थलगत अध्ययन गरेर उनीहरुको अवस्था निकै दयनीय पाएपछि एसोएसले शिक्षा, दिक्षा र पालन पोषणको जिम्मा लिएको,’ एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताए।

तीनैजना बालबालिकाको एसोएस बालग्रामले जिम्मा लिएको एसोएस बालग्राम भक्क्तपुरका प्रमुख खगेन्द्र नेपालले बताएका छन्।एसोएस बालग्राम भक्क्तपुरले ११ वर्षका प्रविन्द्र लुहार, ९ वर्षका सुमना लुहार र २ वर्षीया प्रीया लुहारलाई संरक्षण दिने भएको हो। स्थलगत अध्यनका लागि एसोएस बालग्राम भक्क्तपुरका प्रमुख खगेन्द्र नेपाल, एसोएस बालग्राम धनगढीका पदम हमालसहित बाजुरा पुगेका थिए।

वीर अस्पतालमा उपचार गराइरहेका शान्त लुहारले छोराछोरीको बालग्रामले जिम्मा लिएपछि खुसी लागेको बताए। यसअघि भक्तपुरको चाँगुनारायण निवासी हाल क्यानडामा बस्दै आएका दिनेश ढुंगानाको परिवारले बालबालिकाको पढाइ र शान्त लुहारको उपचारका लागि ७९ हजार ६ साय ३० रुपैयाँ सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published.