Categories
ताजा समाचार

भाइरल कमलको तिन ओटा सौतनी आमा छन्, भान्छामा चापी लगाउँथे भोकै स्कुल जान्थी- छिमिकी हजुरआमा (भिडियो हेर्नुहोस )

धादिङ– दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

कमला उमेरले ११ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो।

९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्।

मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन्।

एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन्। सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन्। पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए। बाँकि भिडियोमा हेर्नुहोस :

https://youtu.be/yV6rN2TtJC8

Leave a Reply

Your email address will not be published.