Categories
ताजा समाचार

शिल्पा पोखरेल छविसँगै पुन बस्न थालेकी छिन्

काठमाडौँ – आफ्नै श्रीमान् छविविरुद्ध उजुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेको प्राप्त भएको छ । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी रहेको थियो ।

शिल्पाले छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए ।अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो ।

छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् । निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् । विवाह गरेको केही समयपछि गीताञ्जलीले आ त्मह त्या गरेकी थिइन् । छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नीले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजुरी दिएकी थिइन् ।(रिपोर्टर्स नेपाल)

यो पनि हेर्नुहोस-एनसेलले ल्यायो आकर्षक डाटा सेवा ‘मेरो प्लान’
काठमाण्डाै – एनसेलले आकर्षक डाटा सेवाको लागि मेरो प्लान नामकाे नयाँ याेजना ल्याएकाे छ । एनसेलले याे याेजना आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको बताएकाे छ । यस याेजना अन्तरगत सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाकाे फाइदा लिन सकिने कम्पनीले जनाएकाे छ । आउँदाे असोज १ गतेदेखि लागू हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । त्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैँ डेटा बन्द हुनेछ । ग्राहकले तत्काल थप डेटा प्याक लिएर सेवाको उपयोग गर्न सक्नेछन् ।

प्लान १९९ – ग्राकहले करसहित २५४.१० रुपैयाँमा १ जीबी डेटा भोल्युम र करसहित १.२८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा करसहित ८९.३८ रुपैयाँमाथप १ जीबी प्याक लिएर सुलभ दरमा डेटा सेवा प्रयाेग गर्न सक्नेछन् ।

प्लान २९९ – यस अन्तर्गत ३ जिबी डेटा भोल्युम र १.१५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ रुपैयाँ लिन सकिन्छ । यसका साथै डेटा भोल्युम समयसीमा अगाडि सकिएमा १२७.६९ रुपैयाँमा थप २ जीबी प्याक लिन सकिनेछ । मेराे प्लान अन्तर्गत ग्राहकले पाँचमध्ये कुनै एक प्लान लिन सक्नेछन् । ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्ने कम्पनीले जनाएकाे छ ।

मासिक रुपमा बढी डेटा चलाउनेका लागि प्लान ९९९ छ । यस अन्तर्गत १२७५.६२ रुपैयाँमामा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सकिनेछ। डेटा समयावधि अगाडि नै सकिएमा ५१०.७६ रुपैयाँमा थप १० जीबी डेटा लिन सकिनेछ।हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान लिने ग्राहकले करसहित ०.६४ रुपैयाँमा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ । याेजनाका लागि एस्ट्रिक ३०२ ह्यास डायल गरेर निर्देशन पालना गर्नुपर्छ भने थप डेटा प्याकहरु लिन एस्ट्रिक्स १७१२३ ह्यास डायल गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published.