Categories
ताजा समाचार

पक्रा*उ परेका ज्ञानेन्द्र शाही लाइ प्रहरीले यस्तो सर्तमा गर्यो रि*हा

उडान ढिला गराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री विरुद्ध अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाही रिहा भएका छन् । शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो। पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

आगामी दिनमा यस्ता हुलहुज्जत नगर्ने शर्तमा सम्झाइ बुझाइ प्रहरीले छाडेको हो । शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए। सोही विषयमा आइतबार शाहीले पुल्चोकमा पत्रकार सम्मेलन राख्दा घम्साघम्सी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जहाजभित्रै मन्त्रीमाथि अभद्र व्यवहार दूर्भाग्यपूर्ण: वायुसेवा प्रदायक

वायसेवा सञ्चालकहरुको संस्था नेपाल वायुसेवा सञ्चालक संघले शनिबार नेपालगञ्जमा भएको घटनाप्रति खेद प्रकट गरेको छ। शनिबार काठमाडौं आउने बुद्ध एयरको उडानका क्रममा उडान ढिला गराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री विरुद्ध अभद्र व्यवहार भएको र यो दूर्भाग्यपूर्ण भएको संघले विज्ञप्तिमार्फत् जनाएको छ।

‘ मन्त्री ज्यूको दिनभरीको व्यस्थ कार्यक्रमको कारण केही समय ढिला भयो। त्यही आधारमा उहाँप्रति जुन व्यवाहर भयो यो सेफ्टीका हिसाबले पनि राम्रो भएन’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’जहाजभित्र सु-व्यवस्था र अनुशासन राख्नु, उडान सुरक्षा र हवाई सुरक्षाका लागि अपरिहार्य हो। यसमा यात्रुहरुले पनि ध्यान दिनुपर्छ।’

हवाई सेवा घरेलू कानूनमात्र नभएर अन्तर्राष्ट्रिय कानून तथा अभ्यासका आधारमा पनि चल्ने भएकाले यसमा सबै गम्भिर हुनुपर्ने संघको धारणा छ ।
जहाजभित्र कुनै पनि हुलहुज्जत र कसैप्रतिको पनि अभद्र व्यवहार क्षम्य नहुने भएकाले त्यसमा कानूनी उपचारको व्यवस्था रहेको भन्दै संघले सबैलाई सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published.