युवा सङ्घ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा’
काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले फेसबुक मा स्टाटस हाल्दै राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज सहन नसक्ने प्रस्ट परेका छन् ।नेपालगन्ज एयरपोर्टमा सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथी प्लेन डिले भयो भन्दै सामाजिक अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीलगायतले र्याखर्याख्ती पारेका थिए । दिपशिखाले फेसबुकमा भनेका छन्”मन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन चढ्न ढिलो भएको बारे प्रष्टीकरण दिएर माफी मागि सक्नुभएको छ । अर्को कुरा राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज र अराजकता अब सहन सकिन्न, अपशब्द छाडातन्त्र लोकतन्त्र होइन ! उनले हेक्का राखुन्।”
यो पनि पढ्नुहोस – मन्त्री याेगेश भट्टराईले माफी मागे ।
पर्यटन मन्त्री याेगेश भट्टराई भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै नेपालगञ्जमा नारा जुलुस गरिएको छ।बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे। जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएका थिए । मन्त्रीकै कारण आफु हरु १ घण्टा कुर्नु परेको भन्दै भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाही ले केहि भिडियो हरु सामाजिक संजाल मा सार्बजनिक समेत गरेका छन् ।
उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरुले मन्त्रीसँग सवाल पनि गरेका छन्।‘तपाईप्रति हाम्रो विश्वास थियो। कहिले प्रधानमन्त्री आउँदा पनि हामिले नै दु;ख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामिले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?’ आक्रोशित यात्रुहरुले मन्त्रीसमक्ष बोलेका छन्।
उक्त उडान मन्त्रीकै कारण डिले भएको वा अन्य केही कारणले डिले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।यता मन्त्रि भट्टराई ले भने भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको जवाफ दिनु पर्ने भएको ले आफु काठमाडौँ फर्कनु पर्ने बाध्यात्मक परिस्थितिले केहि ढिला भएको बताएका छन् ।
मन्त्रि भट्टराई भन्छन-आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।
भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए ।नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।