Categories
ताजा समाचार

ज्ञानेन्द्र शाही पक्राउ, अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई प-क्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी थालेको हो।

अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले शाहीलाइ हिरा-सतमा राखिएको प्रहरीले जनाएको छ। ललितपुर प्रहरी परिसर प्रमुख टेक बहादुर राईका अनुसार अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई प-क्राउ गरेर हिरासतमा राखेएको छ।

शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसुर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको हो । उनलाई अभद्र व्यवहारमा सोमबार अदालतबाट म्याद लिएर कारबाही थाल्ने प्रहरीको तयारी रहेको परिसर प्रमुख राईले बताए।

शाहीलगायतको समूहले शनिबार मन्त्री भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा दु-व्र्यबहार गरेका थिए। मन्त्री भट्टराईका कारण विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै उनीहरुले अभद्र व्यवहार गरेका थिए।

Leave a Reply

Your email address will not be published.