Categories
ताजा समाचार

आफैले बोलाएको पत्रकार सम्मेलनवाट यसरी लेखेटिए ज्ञानेन्द्र शाही (भिडियो हेर्नुस्)

काठमाडौं, २९ भदौ । आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ । शनिवार नेपालगन्जमा पर्यटनमन्त्री योगेश भट्टराई माथि दुब्र्यवहार गरेको कुरा सगर्व सामाजिक सञ्जालमा सार्वजनिक गरेर आइतवार काठमडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका शाहीको कार्यक्रममा भाँडभैलो भएको छ । पत्रकार सम्मेलन आयोजना गरेर शाहीले आफु नबोले अन्य ब्यक्ति बोल्न थालेपछि सहभागीहरुले विरोध जनाएका थिए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ शाहीले नै दिनुपर्ने भन्दै होहल्ला गरेपछि निकैबेर कार्यक्रम बिथोलियो ।

ज्ञानेन्द्र शाहीले आफ्नो नाम समेत लुकाएको खुलेको छ । उनलाई सञ्चारकर्मीले तपाईको वास्तविक नाम र ठेगानाको बारेमा बताउनुहोस् भनेर प्रश्न सोधेपछि उनले आफ्नो नाम ज्ञानबहादुर शाही भएको र आफु जुम्ला सिंजाको स्थानिय बासीन्दा भएको बताएका छन् ।

तर आफ्नो नाम किन लुकाउनुभयो ? किन आफुलाई ज्ञानेन्द्र भन्नुहुन्छ ? भनेर गरेको प्रश्नको जवाफमा पुष्पकमल दाहालले किन आफुलाई प्रचण्ड भन्छन् भनेर उल्टै पत्रकारलाई प्रश्नगरेपछि पत्रकार समेत रिसाएका थिए । पत्रकारले म प्रचण्डको को हो र ? मैले प्रचण्डलाई सोध्ने भन्दै शाहीसंग सवाल जवाफ गरेका थिए । पत्रकार सम्मेलन भनेर बोलाइको भएपनि सो कार्यक्रम पत्रकार सम्मेलन जस्तो देखिएको थिएन ।

पत्रकार सम्मेलनमा केही विद्यार्थी समेत सहभागी भएर हुलहुज्जत गरेका कारण अवस्था विग्रिएको शाहीको समर्थक सुरेन्द्र भण्डारीले प्रतिकृया दिएका छन् । उनका सहयोगीले मन्त्री भट्टराईलाई गरेको ब्यवहारका कारण अहिले यस्तो भएको बताएका छन् ।

उनले ब्यक्तिगत रुपमा निउँ खोज्ने प्रश्न गरेर कार्यक्रमलाई विथोल्ने सुनियोजित नियत रहेको बताए । नेपालका लागि नेपालको कार्यालयमा भएको पत्रकार सम्मेलन विथोलिएर शाही माथि हातपात समेत भएको उनका समर्थकले बताएका छन् । कार्यक्रम विथोलिएपछि शाहीलाई प्रहरीले सुरक्षा घेरावाट बाहिर निकालेका छन् । शाहीलाई बाहिर निकाल्दा ज्ञानेन्द्र शाही विरुद्ध नारावाजी समेत भएका थिए ।

 

Leave a Reply

Your email address will not be published.