काठमाडौं, २९ भदौ – नायीका रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति संकेत गर्दै त्यसको विरोध गरेकी छन् । उनले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै थापाले शाहीको नाम उल्लेख नगरेरै ब्यग्य गरेकी छन् । उनले शाहीले चर्चा बटुल्न त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् ।
थापाले स्टाटसमा कसैको नाम भने उल्लेख गरेकी छैनन् । तर उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन । उनले लेखेकी छन् यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा( विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ । उनले शाहीलाई छुद्र ब्यवहार प्रर्दशन गरेर औकात देखाएको टिप्पणी गरेकी छन् ।
नेपालगन्ज विमानस्थलमा बुद्ध यएरको जहाज मन्त्रीका कारण एक घण्टा ढिलो भएको भन्दै आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई अभद्र ब्यवहार गरेका थिए । उनले मन्त्री भट्टराईलाई भनेका छन् एक घण्टासम्म प्लेन रोक्ने रु कहाँ हुनुहुन्थ्यो रु मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो रु शाहिले आफुले मोवाइलमा भिडियो खिच्दै मन्त्रीलाई गाली गरेका छन् । भिडियो खिच्दै चर्को चर्को श्वरमा बोलेका शाहीले शाहीले मन्त्रीलाई सोध्छन्, टाइमको ख्याल राख्नुपर्छ कि पर्दैन ?
पञ्चायतमा बरु यस्तो थिएन, भिडियो खिच्दै शाहीले फेरी आक्रोशित हुँदै मन्त्रीलाई भन्छन् । आक्रोशित यात्रुहरूलाई मन्त्री भट्टराई भने केही पनि जवाफ दिँदैनन्। उनीसँगै रहेकाहरूले यात्रुहरूलाई सम्झाउन खोजेको तर मन्त्री भट्टराईले प्रतिक्रिया दिन नचाहेको भिडियोमा देखिन्छ।
मन्त्री विमानस्थलमा आइनपुग्दै देखि उनी आफु बोलेको भिडियो मोवाइलमा रेकर्ड गर्दै चिच्याइरहेका हुन्छन् । उनले बुद्ध एअरका कर्मचारीलाई थर्काउँदै भन्छन् यो बुद्ध एअर हो कि मन्त्रीको चम्चा रु उनी अझै चिच्याउँछन्। बुद्ध एअरका कर्मचारीलाई पनि यात्रुहरूले जहाज किन रोकिएको भन्दै झाँको झारेका छन्। नेपालगन्ज विमानस्थलमा आफैले मन्त्रीलाई थर्काएको भिडियो खिचेर शाहीले फेसबुकमा त्यो भिडियो अपलोड गरेका छन् । उनले त्यो भिडियो अपलोड गर्दै लेखेका छन् लेखेका छन् मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो। विचरा मन्त्रीज्यू मुसो लुके जसरी लुक्नु भो। अब नागरिक सचेत भइसके। अरिङ्गालका दिन गन्ती सुरु।