Categories
ताजा समाचार

एक पार्कमा फेरी एक पुरुष जोडी भेटिए,उनीहरुबीचको कृयाकलापले सबैको ध्यान आकर्षीत (भिडियोमा हेर्नुहोस)

शुक्रवार शंखमुल स्थित एक पार्कमा एक पुरुष जोडी भेटिए । उनीहरुबीचको कृयाकलापले सबैको ध्यान आकर्षीत गर्यो । सोही पार्कमा रहेका युट्युव च्यानल संचालकले उनीहरुको गतिविधि आफ्नो क्यामेरामा कैद गरे । जोडी मध्ये एक जनाले भन्दै थिए मन नहुँदा नहुँदै मलाई जबरजस्ती यस्तो ठाउँमा लिएर आयौ, पैसा पनि थिएन । उनका पुरुष जोडी सम्झाउने कोशिषमा थिए । वरीपरीको फोहरी बातावरणले एक जनाको मन भने त्यहाँ रमाएन । अर्काले फकाउँदै गरेको दृष्यले त्यहाँ रहेका सबैको ध्यान तानेको थियो ।

ए्क छिन अघि सम्म राम्रो लागेन भनेका एक जना एकछिन पछि फेरी त्यो ठाउँ निकै राम्रो लागेको भन्दै त्यही बस्न आग्रह गरे । उनीहरु समलिंगी जोडी थिए । पार्कमा बसेर उनीहरुले आफुहरुलाई हेर्ने समाजको दृष्टिकोणको विषयमा कुराकानी गरे ।

जसरी केटी केटी बीचमा विवाह भएको यही समाजमै छन् त्यस्तै आफुहरु पनि केटाकेटाबीचको मायामा परेको भन्दै समाजले आफुहरुलाई गर्ने ब्यवहार तर्फ ध्यान दिन नहुने भन्दै आफैले आफैलाई सम्झाउँदै थिए ।

समाजले जसरी हेरे पनि आफ्नो जीवन देखि हार नमान्ने, परिस्थितिको सामना गर्ने भन्दै आफैलार्य बलियो बनाउँदै थिए । समाजमा आफुहरु जस्तै समलिंगीलाई स्वीकार नगरेका कारण जिवन त्याग्न समेत बाध्य भएका थुप्रै उदाहरण भएको उनीहरुले कुराकानीका बारेमा बताए । उनीहरुको कुरा सुन्दा केही समय विदेशमा बसेर आएको जस्तो बुझिन्थ्यो । नेपाली समाजमा आफुलाई नराम्रो दृष्टिकोणले हेरे पनि समाजका लागि राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न सके आफुहरु प्रतिको ब्यवहार र धारणा परिवर्तन हुन सक्ने भन्दै छलफल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.