Categories
ताजा समाचार

बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्रुहरु आक्रो*शित (हेर्नुहोस भिडियो)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आलोचनाको शिकार भएका छन्।
नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्रुहरु आक्रोशित भएका हुन् ।मन्त्री भट्टराईले ढिला गर्दा काठमाडौं जान नपाएका यात्रुले मन्त्री भट्टराई जहाजमा चढ्ना साथ क्लास लिएका हुन् । उनीहरुले संस्कृति मन्त्रीलाई संस्कार समेत सिकाएका छन्।

पटक पटक भीआईपी सवारी र भीआईपीका नाममा जहाज ढिला उडाउने लगायत हवाइ मार्गमा समेत हैरानी बेहोरेर आजित भएका यात्रुले अहिलेसम्मको सबै झोंक मन्त्री भट्टराईको क्लास लिएर पूरा गरेका हुन् ।बुद्ध एयरले थुप्रै यात्रुको भावनामाथि खेलेर एक जना मन्त्रीका लागि उडानमा ढिलाई गर्दा भने बुद्ध एयरको दायित्वमाथिसमेत प्रश्नचिन्ह खडा भएको छ ।

बुद्ध एयरले पहिलेदेखि नै यात्रुमाथि खेलबाड गरेका घटना सार्वजनिक हुँदै आएका छन् । गुनासो बढ्दै जाँदा यात्रुहरुले यसपटक मन्त्री भट्टराईको क्लास लिएर सर्वसाधारणको सम्मान गर्नसमेत सरकार र सेवा प्रदायक निकायलाई सचेत गराइएको छ । पीडितहरुले यसको जवाफ खोज्दा मन्त्री भट्टराई निरुत्तर भए । उनीहरुले यसको जवाफ नपाएसम्म सामाजिक संजालमा बहस चलाइरहने बताएका छन् । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।

मन्त्री भट्टराईले यसो भने

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडौं फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३-४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहाले। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु। मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

Leave a Reply

Your email address will not be published.