Categories
अन्तरास्ट्रिय

विश्वका शक्तिशाली व्यक्ति मानिने साउदी राजकुमार सलमानकी बहिनीलाई अदालतले दियो यस्तो स*जाय

एजेन्सी -साउदी राजकुमार मोहम्मद विन सलमान विश्वका शक्तिशाली व्यक्ति मध्येका हुन् । सँसारका धनीमध्येका राजकुमारकी बहिनी हसा विन्ट सलमान अल साउद यतिबेला चर्चामा छिन् । उनले तीन वर्ष अघि बडीगार्डलाई कु ट्न आदेश दिएको घ टनामा दोषी पाइए पनि सजाय तोकिएको छ ।

हसालाई फ्रान्सको अदालतले दश महिना प्रवेश निषेध र १० हजार युरो जरिवानाको सजाय सुनाएको हो । फ्रान्सको लक्जरी पेरिस अपार्टमेन्टमा एकजना कार मर्मत गर्ने व्यक्तिलाई बडीगार्डमार्फत् कु ट्न लगाएको अभियोग राजकुमारी हसामाथि थियो । कार मर्मतकर्ताले सेप्टेम्बर सन् २०१६ मा तस्बिर खिच्न खोजेपछि कु ट्न आदेश दिएकी थिइन् । बडीगार्डले स्थानीय कार मर्मतकर्ता असरफ इडलाई कु टेर बेइ ज्जती गरिदिएका थिए ।

राजकुमारीको बडीगार्डलाई ८ महिनाको निलम्बित जेल सजाय तोकिनुका साथै पाँच हजार युरो जरिवाना गरिएको थियो । तस्बिर राजकुमारीको नभई फर्निचरको खिच्न लागेको दाबी गरेका थिए असरफ इडले । त्यसपछि बडिगार्डले कु ट्दै टाउकोमा पेस्तोल तेर्साएका थिए । बडिगार्डले राजकुमारीको पाइताला चाट्न या म र्न तयार रहन भनेका थिए । घ टनापछि इडले प्रहरीमा उजूरी गरेका थिए । प्रहरीले राजकुमारीसँग सोधपुछ गरेको थियो । दुई घन्टा सोधपुछपछि छाडिदिएको थियो ।

यो पनि हेर्नुहोस-नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आ क्रमण गरेको विरोधमा नेपाली कांग्रेसले आ न्दोलनका कार्यक्रम घोषणा
काठमाडौं, २७ भदौ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको क्रममा बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आ क्रमण गरेको विरोधमा नेपाली कांग्रेसले आ न्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार शुक्रबार बाँकेमा बृहत प्र दर्शन गरिएको छ । विरोध कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा शनिबार बाँके पुग्ने शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले शनिबार बिहान कांग्रेसका सभापतिहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र दिउँसो ३ बजे माइतीघर मण्डलामा बृहत प्र दर्शन गरिने बताए ।

उक्त घटनालाई कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ । घटना हुँदा प्रहरी मुखदर्शक बनेको आरोप कांग्रेसले लगाएको छ । नेकपाका दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको र खजुरा गाउँपालिकामा भइरहेको भ्रष्टाचारका विरुद्ध आवाज उठाउदा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको कांग्रेसको ठहर छ । प्रवक्ता शर्माले भने, ‘नेकपाको गढबाट दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि आ क्रमण भयो ।’

बिहीबार बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका–२ सीतापुरमा भइरहेको जागरण कार्यक्रममा नेकपाका वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आ क्रमण भएको कांग्रेसले जनाएको छ । सो क्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत कार्यकर्ता घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published.