Categories
ताजा समाचार

यी दुई युवतीले जसले भेटेको १२ लाख रूपैया फिर्ता गरे कसैले झुटो खबर भने त कसैले ऋण फिर्ता गरेको होला पनि भने तर यी दुई युवतीको भयो चारैतिर प्रशंसा !

कसैले झुटो खबर भने, त कसैले ऋण फिर्ता गरेको होला पनि भने

आफन्त–छरछिमेकमा उनीहरुको चर्चा निक्कै भयो । सामाजिक सञ्जालमा त झन् प्रसंशाको ओइरो । विभिन्न संघसंस्थाहरुको सम्मान थाप्न पनि भ्याइ नभ्याई भयो उनीहरुलाई । सन्दर्भ हो, बैशाख १६ गते राती सडकमा भेटाएको १२ लाख सम्बन्धित परिवारको खोजी गरेर बुझाउने दुई युवतीको ।

धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राईले भेटेको १२ लाख रुपैया फर्काएको खबरलाई शुरुमा धेरैले पत्याउनै सकेनन् । कसैले झुटो खबर भने, त कसैले ऋण फिर्ता गरेको होला पनि भने । लोच लालच, भ्रष्ट, बेइमानी र स्वार्थीपनले जकडिएको नेपाली समाजलाई ‘बाटोमा भेटेको १२ लाख कसैले फर्काउला’ भनेर विश्वास गर्न गाह्रो भयो ।

तर, उनीहरुले बैशाख १८ गते पत्रकारहरुको माझमा सडक दुर्घटनामा ज्यान गुमाएका धरान १७ का ओमबहादुर गेलालको बुबाको हातमा १२ लाख रुपैया जिम्मा लगाएका थिए । सुनिता र ज्योतिलाई भने आफुहरुले त्यस्तो ठुलो काम गरेजस्तो पटक्कै लागेको छैन । उनीहरुलाई लाग्छ, जसको पैसा थियो, उसैको परिवारलाई बुझाइदिएको मात्र न हो ।

‘उहाँहरुको पैसा हो, हामीले कसरी राख्ने ? भेटेदेखि नै फर्काउन पाए हुन्छ भन्ने थियो । ठुलो काम गरेजस्तो लाग्दैन’– सुनिताले भनिन् । त्यसो भनेर के गर्नु ? विश्वास हराइसकेको समाजको लागि त उनीहरु उदाहणीय पात्र अर्थात इमान्दरीताको ‘रोल मोडल’ बनिसकेका छन् । त्यसैले, आग्रह टार्न नसकेर अफ्ठ्यारो मान्दै भएपनि सम्मान थाप्न नगई धरै छैन ।

सुनिता र ज्योति दुवैबीच गहिरो मित्रता भएको झण्डै ६ महिना मात्र पुग्न लाग्यो । दुवै जना धरान १५ स्थित मामा चोकका छिमेकी हुन् । तरहरा स्थित ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलमा एकाउण्टेन्ट जागिरे सुनिताको खास घर मोरङको उर्लाबारी हो । माइली दिदी संगीता घरमा एक्लै भएपछि उनी २ बर्षअघि दिदीसँगै बस्न धरान आएकी हुन् ।

Leave a Reply

Your email address will not be published.