0 Comments

लता मंगेशकर ‘एक प्यारका नगमा है’ गीत गाएर सामाजिक संजालमा एकाएक भाइरल भएर बलिउड गायिका बनेकी रानू मारिया मण्डलले गाएको गीत रिलिज भएको छ। रिलिज भएको केहि घण्टाभित्रै गीतलाई युट्यूबमा लाखौं पटक हेरिसकिएको छ।

बुधबार एक औपचारिक कार्यक्रमकाबिच गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिदैं रानूले आफू धेरै खुशी भएको बताइन्। ईश्वरलाई धन्यवाद दिदैं रानूले आफूलाई धेरै माया दिनेहरूलाई धन्यवाद दिइन्। रानूले गाएको यो गीत बलिउड संगीतकार एवं अभिनेता हिमेश रेशमियाको आगामी सिनेमा ‘ह्यापी हार्डी एण्ड हीर’ सिनेमाको हो।

सार्वजनीक भएको गीतको भिडिओमा रानूलाई समेत फिचर गरिएको छ। रानूलाई काम दिने बाचा रेशमियाले एक टेलिभिजन कार्यक्रममा गरेका थिए। ‘सुपरस्टार सिंगर’मा कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएका थिए। उनले रानूको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए।

हिमेशले त्यसको केहि दिनमा नै रानूलाई गीत गाउने अवसर प्रदान गरे र फलस्वरूप उनको स्वरको यो गीत तयार भएर सार्वजनिक भएको हो। भारतीय संचारमाध्यमहरूका अनुसार उनले यसका अलावा पनि केहि गीतहरू गाइसकेकी छन्।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *