0 Comments

काठमाडौं, २६ भदौ ।बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । उनी विहिवार दिउसो नेपाल आएकी हुन् । आउने भएकी छन् । उनले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को प्रमोशनका लागि उनी नेपाल आएकी हुन् । फिल्म निर्माण युनीटले उनी नेपाल आउने प्रचार गरिरहेको थियो । सन्नीले केही महिना अघि आफु नेपाल आउन लागेको समेत बताएकी थिइन् । तर हाल भने उनले केही उल्लेख गरेकी थिइनन् । सन्नी नेपाल आउने खबर थाहा पाएर विमानस्थलमा क्यामेरा सहितका सञ्चारकर्मीको निकै ठूलो भिड लागेको थियो । सञ्चारकर्मी र सर्वसाधारणको भिड छिचोल्दै सन्नीलाई जोगाउन सुरक्षाकर्मीलाई निकै हम्मे हम्मे परेको देखिन्थ्यो ।

उनी नेपाली भादगाउँलो टोपी लगाएर विमानस्थलमा देखिए पछि उनको स्वागतमा बसेकाहरुले हुटिगं गरेका थिए । विमानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सुरक्षा घेरामा विमानस्थलवट बाहिरिएकी सन्नीलाई जोगाउँदै सुरक्षाकर्मीले गाडी सम्म पुर्याएका थिए । त्यतीबेलाको छोटो दुरीमा पनि भिड ब्यवस्थापन गर्न प्रहरीलाई मुस्किल देखिन्थ्यो । केही पहिले उनले एक भिडियो सन्देश पोष्ट गर्दै आफु नेपाल आउन लागेको जानकारी गरेकी थिइन् । ‘पसवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा देखिएकी छन् ।

नायिका सन्नी लियोनीलाई नेपाललाई विश्वकै सुन्दर देश भनेकी छिन् । चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन आज नेपाल आएकी सन्नीले नेपाल आउन पाउँदा आफू सधै नै उत्साहित हुने बताइन् । काठमाण्डौको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुशी व्यक्त गरिन् । सन्नीले भनिन्–‘विश्वकै सबैभन्दा सुन्दर देशमा उपस्थित हुन पाउँदा आनन्दित महशुश भएको छ । यस्तै, मलाई यो निकै नै उत्साहजनक समयमा सहभागी हुन पाउँदा खुशी लागेको छ ।’

साझको स्पेसल शोमा सन्नी बोल्ड अवतारमा पुगेकी थिईन जसले सबैको नजर तानेको थियो । सन्नीलाई झन्डै दुई घण्टा कुरेपछि उनको आगमन भएको थियो भने सन्नी आएपछि प्रिमियरको माहोल नै तत्तिएको थियो । सन्नीले प्रिमियर शोमा आएर आफु नेपाल आउदा खुशी भएको कुरा उल्लेख गर्दै आफुलाई मोमो खाने रहर भएको पनि बताएकी छिन । सन्नी आउनु अगाडी प्रिमियर शोमा माहोल अलि तत्तिएको पनि थियो तर सन्नी आएपछि माहोल साम्म भएको छ । सन्नीले प्रिमियरमा आएर फोटो खिचेर होटल तर्फ नै फर्किएकी छिन । सन्नीले पुरै चलचित्र भने हेरिनन ।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *