Categories
खेलकुद

मध्यराति सन्दीपलाई नेपाली क्रिकेटको चिन्ता

काठमाडौं : भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।

‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो ।’ नेपाली क्रिकेटलाई राम्रो बनाउनका लागि सोच्ने हो भने हाम्रा लागि प्रतिवद्धता र इमान्दारीता अत्यावयक रहेको सन्दीपले भनेका छन् ।

नेपाल सरकारको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी) २०७३ बैशाखमा निलम्बन गरेको थियो । निलम्बन हटाउनका लागि विभिन्न प्रयास भए पनि अहिलेसम्म निलँकन फुकुवा हुन सकेको छैन् । क्यानभित्रै आपसी विवाद भएपछि आईसीसीले निलम्बन गरेको थियो ।

Its mid night right now and i was thinking about our Cricket in Nepal, Its sad to see we are still under suspension and its been 3 years. We really do need those commitments and honesty that comes from within if we are thinking about the betterment of Nepal Cricket in future.

Leave a Reply

Your email address will not be published.