Categories
ताजा समाचार

गाईलाई जिउंदै पुर्दै गर्दागर्दै नुवाकोटमा गाइको नेपाली सेना र प्रहरी मिलेर गरे उद्दार, पुर्ने मान्छे फरार (तस्बिरसहित)

केहि दिन अघि सुर्खेतमा गाइलाइ भिर बाट खसालेर हत्या गरेको घटना सेलाउन नपाउदै फेरी नुवाकोटमा अर्को घटना घटेको छ । नुवाकोटको बिदुर नगरपालिकामा गाइलाइ जिउदै खाल्डोमा पुरेको घटना सार्वजनिक भएको छ । गाईलाई जिउंदै पुर्न लागेको स्थानीयवासीले थाहा पाएपछि नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी तुरुन्तै घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्ने अगावै गाईलाई पुर्ने मान्छे फरार भएका छन् । गाईलाई पुर्न लागेको थाहा पाएपछि नजिकै रहेको नेपाली सेना र प्रहरी मिलेर उक्त गाइको उद्दार गरेका थिए ।

गाईलाई चिन तर्फा तस्करी गर्न लागेको आशंका गरिएको छ । मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मा र्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ। उपदफा २ अनुसार गाई र गोरु मा रेमा तीन वर्ष कैदको व्यवस्था छ। यस घटनाको थप बिवरण आउन बाँकि छ । गाईलाई यस्तो अवस्थामा पुर्न लागिएको थियो हेर्नुहोस यी तस्बिरमा

यो पनि पढ्नुहोस : गाई ह त्याबारे छानबिन टोली घटनास्थलमा

सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिनुभयो । बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो ।

यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो । जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन पठाएको आधिकारिक पत्रबारे पनि अहिले भिन्न–भिन्न बहस हुन थालेको छ । उक्त समितिले किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित भदौ ८ गते पत्र पठाएको थियो ।

यो पनि पढ्नुहोस : नगरपालिकाद्वारा गाई–गोरुको उपचार

नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाई–गोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ ।

नगरपालिकाका वातावरण तथा विपद् न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाईते गाई–गोरुको उपचार गरेको हो । ति मध्ये दुई गाई–गोरुको उपचारका क्रममा मृ त्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न रु एक लाखभन्दा बढी खर्च भएको गिरीले बताउनुभयो ।

बेवारिसे छाडिएका २२६ गाई–गोरु आजसम्म नेपालगञ्ज पठाइएको छ । “बेवारिसे गाई–गोरुको व्यवस्थापन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाका अनुसार हालसम्म ३८ गाई–गोरुको मृ त्यु भएको छ । गत साता नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै ल्याइएका २९१ गाई–गोरुमध्ये केही सुर्खेतको ब्यूरेनी, सुब्बाकुना र कटकुवाका भिरबाट फालिएको अवस्थामा फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published.