Categories
ताजा समाचार

काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर स्नातक गर्दै बसिरहेकी,१८ वर्षकी रीतु बस्नेतको प्रेरणादायक जीवन कथा-(हेर्नुहोस् भिडियो सहित)

काठमाडौं । नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।

भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् ।

सुन्दर र बान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ ।देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुकोबीचमा दरिलो उदाहरण बनेकी छिन् रितु ।

भिडियो हेर्नुहोस….

 

यो पनि हेर्नुहोस-२० करोड लगानीमा दुई रंगशाला बन्दै

सिन्धुली – सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन्। यहाँको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन्। कमलामाई नगरपालिका– ५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन्। निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो। सार्वजनिक निर्माण कार्यान्वयन एकाइ धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीका अनुसार एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण हुने र एकै पटकमा १५ सय जनाले प्रत्यक्ष अवलोकन गर्न सकिने रंगशालाको क्षमता रहनेछ।

५ वर्षमा यो योजना सम्पन्न हुनेछ, प्रमुख दर्जीले भने पार्किङ, चेन्जिङ रुम, शौचालय, खेलमैदान, अफिसियल रुम, मिटिङ हललगायतको सुविधाका साथ रंगशाला निर्माण हुने भएको छ। यस्तै दुधौली नगरपालिकामा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले क्षेत्रीय रंगशाला बनाउन सुरु गर्ने भएको छ। डिपिआर तयार भई उक्त रंगशालाको काम सुरु भएको दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा अनिल भण्डारीले लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published.