Categories
ताजा समाचार

अब देशमा ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने ,सरकारले दियो अन्य खारेजी अनुमति (सूचीसहित)

काठमाडौं – अब देशमा ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने भएका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् ।

३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय ३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेका छन् ।

सरकारले म्यानपावर कम्पनीलाई सहज ढंगले अनुगमन गर्न र पीडित कामदारलाई धरौटीबाट कट्टा गरेर सजिलै क्षतिपूर्ति दिनको लागि २ देखि ६ करोड रुपैयाँसम्म धरौटी रकम बढाएको थियो । यसअनुसार भदौ १७ भित्र धरौटी रकम जम्मा गर्न म्यानपावार कम्पनीलाई समय दिइएको थियो ।

एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड, ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राख्नुपर्छ ।

धरौटी जम्मा गर्ने म्यानपावरको सूची:

Website Update List For RA (1)

यो पनि हेर्नुहोस -युट्युबमा गोपनियता उल्लंघन गरेको आरोपमा गुगललाई १७० मिलियन डलर जरिवाना

एजेन्सी-अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ ।

भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ ।

युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप एफटिसी र अटर्नी जनरलले लगाएका छन् । ती निकायले यूट्यूबलाई आफ्नो बाल नीति परिवर्तन गर्न निर्देशन समेत दिएका छन् ।

बच्चाको गोपनीयता ऐन अन्तर्गत अमेरिकामा गरिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो रकमको जरिवाना हो । यो सजाय तोकिएसँगै अमेरिकी अधिकारीहरूले गुगलको स्वामित्वमा रहेको युट्युबले गलत तरिकाले बच्चाहरूको डाटा संकलन गरिहेको समेत आरोप लगाएका छन् ।

अधिकारीहरूले युट्यूबले बच्चाहरूबाट जानकारी धेरै जानकारी संकलन गर्ने र यसलाई विज्ञापन बढाउन प्रयोग गरेर लाखौं डलर कमाउने गरेको आरोप समेत लगाएका छन् ।

गुगल(ट्यूब) जरिवाना तिर्न सहमत भएको समेत अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरलमा लिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.