Categories
ताजा समाचार

दैलेखमा गाई मगाइएको देखाउन रातारात यस्तो सम्म गरियो घट्ना लुकाउन हेर्नुहोस

सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु म’रेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो। टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन्।

घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन्। जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ। पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ। जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे। तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ।

यो पनि हेर्नुहोस – गाईगोरु मृत्यु घटना गर्न  गृहको छानबिन टोली सुर्खेतमा

दैलेख पु¥याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले  गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ ।

छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिनुभयो । “बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छाँै,” उहाँले भन्नुभयो, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।” समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ ।

समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन गर्नुका साथै उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि सोधपुछ गरेको छ । गृहमन्त्रालयले उपसचिव पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश छ । यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले पनि सुर्खेत आएर घटनाबारे अनुसन्धान गरिरहेको छ । नेपालगञ्जका कानून व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले आज बिहान वीरेन्द्रनगरमा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसँग घटनाबारे सोधपुछ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनीबीचमा रहेको कान्जीहाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका ३६ गाईगोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा भीरबाट खसालेर मा’रिएको अवस्थामा भेटिनुका साथै बाँकी घाइते र बेवारिसे अवस्थामा छाडिएका थिए । सोही दिन प्रहरीले गाई–गोरुलाई भिरबाट खसालेर मा’रेको अभियोगमा ढुवानीमा आएका ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलको भिरबाट खसालेर गाईगोरु मा’रेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक÷सहचालक गरी सात जनालाई प्रहरीले गोबध मुद्दामा अनुसन्धान गरिरहेको छ । नेपालगञ्ज उपमहानगरअन्तर्गतका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ । बोगटी गाईगोरु ढुवानी गरिरहेका ट्रकसँगै सुर्खेत आएको बताइएको छ । सोही आधारमा उनलाई पनि गोबध मुद्दाको दोषीका रुपमा प्रहरी अनुसन्धान अघि बढाएको हो ।

मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मा’र्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मा’रेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

सेतीमा फालेका गाईको उद्धार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मा’र्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ । सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मङ्गलबार साँझ उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाई जानीजानी उक्त भिरमा धकेलेको जस्तो छ, फाल्नेलाई कारवाही गर्न आदेश दिएको छु ।”

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीयवासीसहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो । त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही गाई दूध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो अचम्म छ ।” डोटी दिपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडारूपमा छाडिएका गाई जम्मा गरेर कसैले राति बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाई कसरी बगेका हुन् भन्नेबारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा गाईहरु भिरमा खसालेका छन्, कसले खसाले छ खोजी गर्दैछौँ ।” उद्धार गरिएका गाईलाई दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । यसभन्दा अगाडि पनि सोही ठाउँमा सात वटा गाई फालिएको थियो । फालिएका ती गाईको पनि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । गाईलाई कसले त्यहाँ फालेको हो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन ।

Leave a Reply

Your email address will not be published.