Categories
राजनीतिक

प्रचण्ड-जनतालाई धनी बनाउन नसके कम्युनिस्टको काम छैन

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ, अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन ।’ प्रचण्डले अब विकासका लागि गम्भीर भएर लाग्ने समय आएको बताए । उनले भने, ‘गम्भीर भएर विकासमा लाग्नु पर्छ, हामीले देशका लागि केही गर्नुपर्छ भनेर बुझ्नुपर्छ।’ प्रचण्डले आफ्नो सपनासमेत १० वर्षमा देश समृद्ध बनाउने रहेको उल्लेख गरे ।

चाहे जे सुकै होस देश बनाउनै पर्छ अनि नेपाली जनतालाई सुखी बनाउनै पर्छ। जनता सुखी हुन आम्दानी राम्रो हुन पर्छ अनि आम्दानी राम्रो हुनका लागि जनताको सपना पूरा हुन पर्छ। जनताको सपना पूरा भए मात्र जनता धनी बन्न सक्छन । देश बिकास गर्नै पर्छ देश डुबिरहेको डुङ्गाको हालतमा रहेको छ। सबैले मिलेर देशलाई जोगाउनु पर्छ। यसकालागि जनता आफै पनि जागक हुन जरुरि छ। आफ्नो अधिकारकालागी सबै जाना लड्न पर्छ।

चितवनमा भएको १२ औँ चितवन महोत्सवको उद्घाटन गरेर उनले सबैजाना देश बिकासमा अग्रसर हुनपर्ने बताएका छन। त्यसो भए मात्र देशका जनता धनी हुन्छ अनि देश आफै सफलताको सिखरमा पुग्छ। स्रोत भएर मात्रै हुदैँन कसरी ती स्रोतहरुलाई प्रयोग गर्ने पनि जान्नु पर्छ भन्ने कुरा रखेर प्रचण्डले अब को १० वर्षमा देशलाई समृद्ध बनाउने अठोट गरेका छन।

यो पनि हेर्नुहोस-शान्ति सेना पुगेर आएका  सेनाको  श्रीमती अर्को सँग हिडे पछि

इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत एकजना सिपाही अहिले विरत्तीएका छन । आफ्नो परिवारको राम्रो बनाउँने सपना बोकेर शान्ति सेना पुगेर आएका रमेश चौधरी श्रीमती अर्को सँग हिडे पछि बिरत्तीएका हुन । तीन बर्ष अघि मात्र सँगै बाच्ने र म र्ने सम्मको कसम खाएर विवाह गरेको परिवार अहिले श्रीमती अर्को सँग टाप कसेपछि समस्यामा परेका छन । जागिरे जीवनको क्रममा इटहरीमा दुई बर्षदेखि डेरा लिएर राखेको श्रीमती आउँदा अर्को सँग हिडेको प्रहरी प्रहरी गुहार्ने पुगेका छन ।

शान्ति सेनाबाट नेपाल फर्केने अन्तिम दिनसम्म म्यासेन्जरमा भिडियो कलमा कुरा गरेका दुवैजना डेरामा श्रीमती नभेटेपछि आफन्त र घरमा समेत खोजी गरे । तर प्रहरीमा जाहेरी दिएको करीब डेढ महिनापछि चौधरीको श्रीमती झापा दमकबाट फेला परिन् तर अर्को केटा सँग । कतारबाट ४ बर्ष पछि इटहरी आएका सोम राई (परिवर्तीत नाम) को पनि व्यथा उस्तै छ । बिदेश बस्दा कमाएको पैसा र सुन लिएर श्रीमती बेपत्ता भए पछि उनी अहिले समस्यामा परेका छन । विदेशमा बस्दा कमाएको पैसा समेत लिएर हिडेको श्रीमती अहिले अर्को सँग मस्ती गदै हिडेको राई बताउँछन ।

इटहरी प्रहरीको महिला सेलमा प्राय यस्तै प्रकृतिको जाहेरी पछिल्लो समयमा बढ्दै गएको छ । आर्थिक बर्ष २०७४÷७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३५३ वटा महिला तथा बालबालिका बेपत्ता सम्बन्धि जाहेरी दर्ता भयो । जसमध्ये १ सय ९८ वटा जाहेरी महिला बेपत्ता भएका छन । उनीहरु हराएको नभई अर्को पुरुष सँग विवाह गरेका हुन । इटहरी प्रहरीको महिला सेलकी प्रहरी नायब निरीक्षक(सई) कृष्ण कुमारी अधिकारीले श्रीमान् रोजगारको क्रममा घर बाहिर रहँदा श्रीमती बे पत्ता भएको भनेर आउने जाहेरी बढी भएको अपराध बताउँछिन्।

‘हामीसँग जति पनि जाहेरी आउछन् अधिकांश श्रीमती वेपत्ता भएको भनेर आउछन उनले भनिन् ‘यसमा सबैभन्दा बढी पिडित बिदेशबाट फर्किएका पुरुष हुने गरेका छन । बैदेशिक रोजगारका क्रममा श्रीमान बिदेश गएपछि पछिल्लो समय नेपालमा बिवाहित महिला अरुसँग अ बैध सम्बन्ध राख्ने र घर छाडेर हिड्ने गरेपछि बे पत्ताको जाहेरी बढ्ने गरेको अधिकारी बताउछिन्।

Leave a Reply

Your email address will not be published.