Categories
ताजा समाचार

नक्कली तमसुक बनाएर मिटर ब्याजदरमा सर्वसाधारण ठगी गरेको आरोपमा एक जना पक्राउ

सर्लाही – नक्कली तमसुक बनाएर सर्वसाधारण ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–१० का ५६ वर्षीय कृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका हुन् ।

आइतबार साँझ साह आफ्नै घर मंलगवा नगरपालिका १० बाट पक्राउ परेका हुन् । सर्लाही जिल्ला लालबन्दी नगरपालिका–४ की रुक्मणी चौधरीले नक्कली तमसुक बनाएर मिटर ब्याजदरमा साहले ऋण असुली गरेको निवेदन देएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक मोहनचन्द्र भट्टराइले जानकारी दिनुभयो ।

साहले आफ्नो नामबाट भन्दा पनि नातेदार, ज्वाइँछोरी, श्रीमती, सासु, साला, जेठानको नामबाट सर्वसाधरणलाई ऋण लगानी गरेको देखिएको छ । जिल्ला अदालत सर्लाहीले साहसँग विभिन्न मितिमा ऋण लिएर ऋण नतिरेको आरोपमा ४० जनालाई प्रकाउ पुर्जी जारी गरेको अभिलेख शाखाका नासु दिनेश मिश्रले जानकारी दिनुभयो ।

अदालतले पक्राउ पूर्जी जारी गरेकामध्ये दुई जना पक्राउ परेका छन् । अन्य ४० जना ऋणीलाई पनि जिल्ला अदालत सर्लाहीले प्रकाउ पूर्जी जारी गरिसकेको छ । पीडित ऋणीले साहले ऋण लिने बेलामा दुई किसिमको तमसुक बनाउने गरेका बताएका छन् ।

तीन वर्ष अघि एक लाखको तमसुक बनाएका साहले अहिले पाँच लाख माग दाबीसहित जिल्ला अदाततमा रिट निवेदन दिएका छन् । साहको ऋणको कारण आफ्नो उठिबास लागेको हरिपुर–७ का पीडित सुमित्रा चौधरीले गुनासो गर्नुभयो । साहले ऋण उठाउन बेला–बेलामा डर धम्की दिने गरेको पीडितको भनाइ छ ।पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.