Categories
ताजा समाचार

पहिलो चरणमा न्यूनमात्रै नर्स र केयर गिभर रोजगारीका लागि जापान लैजाने

काठमाडौं, भदौ १६ । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ ।जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ ।

यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यूनमा मात्राका नर्स र केयर गिभर लैजाने बताए ।

आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

यो पनि हेर्नुहोस-  यी  नै  हुन् सुर्खेतमा  गाई–गोरुलाई भीरबाट खसालेर मा*रेको अभियोगमा पक्राउ परेका सात जना

जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मा रेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ । सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मा रेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक÷सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले एक हप्ताको म्याद दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण विसी, चितवनको राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, रौतहटको चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, बाँकेको कोहलपुर नगरपालिका–१४ का हिमबहादुर जीसी, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरावल–१ का शत्रुधन चौधरी र सोही ठाउँकै अमृत चौधरीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत पठाएको थियो ।

Image result for यी हुन् गाई–गोरुलाई भीरबाट खसालेर बिजोग पार्ने ड्राइभरहरु, अब ‘गोवध’ मुद्दामा छानबिन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक÷सहचालकसँग घटनाबारे सोधपुछ गरिरहेको बताउनुभयो । “शव परीक्षण रिपोर्ट आउन बाँकी छ, नेपालगञ्ज उपमहानगरपालिका र कान्जी हाउससँग बुझ्दैछौँ,” उहाँले भन्नुभयो, “दैलेखको शिरस्थान क्षेत्रमा मगाइएको हो या होइन त्यसबारे पनि बुझ्ने काम हुँदैछ, विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाइनेछ ।”

प्रहरीले हालसम्म ३५ गाई–गोरुको मृ त्यु भएको जनाएको छ । त्यस्तै जीवित १९६ गाई–गोरुको उद्वार गरी कान्जी हाउसमा फिर्ता पठाइसकेको र बाँकीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनी बीचमा रहेको कान्जी हाउसबाट दैलेखको शिरस्थानसम्म पु¥याउने भनी ल्याइएका गाई–गोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा मृ त भेटिएका थिए । ठूलो सङ्ख्यामा गाई–गोरु मृ त र बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले ढुवानी गर्ने ट्रकका चालक÷सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।

मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मा र्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मा रेमा तीन वर्ष कैदको व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published.