Categories
ताजा समाचार

पारसका समर्थकहरुले राष्ट्रिय झण्डा हल्लाउँदै उनको पछिपछि नारा लगाउँदै वसन्तपुर अवलोकन, देखियो अनौठो दृश्य (हेर्नुहोस भिडियो सहित )

काठमाडौं– पूर्वयुवराज पारस शाह आइतबार वसन्तपुर दरवार स्क्‍वायर घुमघाम गरेका छन्। उनले आफना समर्थकहरुका साथ वसन्तपपुर आसपासका मठमन्दिरमा घुमेका हुन। ढाका टोपी सेतो कमिज र सुरुवालमा कालो इस्टकोट लगाएका पारसले समर्थकहरुको जयजयकारसहित वसन्तपुर परिक्रमा गरेका हुन। उनलाइ स्वागत गर्नका लागि समर्थकहरुले फूलमाला, अबिर र राष्ट्रिय झण्डा लिएर बाटोभरी लाइन लागेर उभिएका थिए। यसका साथै कोही समर्थकहरुले राजा आऊ,देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’को नारा समेत लगाएका थिए। पारसका समर्थकहरुले राष्ट्रिय झण्डा हल्लाउँदै उनको पछिपछि नारा लगाउँदै वसन्तपुर अवलोकन गरेका थिए।

पारस उदण्डताको शृंखला

पारस शाह शाहज्यादा हुँदैदेखि मादक पदार्थ सेवन गरेर जथाभावी गर्दै हिँडेको मामिलाले विवादमा तानिने पात्र हुन् । शाहज्यादा भएकै समयमा उनले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रवीण गुरुङको २०५७ साल साउन २२ गते राति काठमाडौंमा निधन भएको थियो । राजदरबारमा कार्यरत् तत्कालीन सैनिक सचिव विवेक शाहले ‘मैले देखेको राजदरबार’ नामक आफ्नो पुस्तकमा सो ह त्याको घटनालाई ढाकछोप गर्न नक्कली ड्राइभर खडा गरिएको १० वर्षपछि खुलासा गरेका थिए ।

पूर्वसैनिक सचिव शाहले लेखेको पुस्तकको १ सय ५० पृष्ठमा भनिएको छ, ‘‘विवाद साम्य पार्न खड्गबहादुर भुजेल नामको ड्राइभर भेट्टाइएको छ । भुजेललाई प्रहरीसमक्ष आत्मसमर्पण गराउने तय भयो ।’’ पारसलाई जोगाउनकै लागि त्यतिबेला नक्कली ड्राइभर अघि सारिएको पाइएको हो । सो रात होटल याक एण्ड यतिबाट निस्किएको गाडीले नारायणहिटीको उत्तरी गेट अघिल्तिर एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक गुरुङको घटनास्थलमै मृ त्यु भएको थियो । महेन्द्र प्रकृति संरक्षण कोषको नाममा रहेको सो गाडी त्यहाँबाट सीधै महाराजगञ्जस्थित निर्मल निवासमा छिरेको घटना विवरण सार्वजनिक भएको थियो । ३० डिसेम्बर १९७१ मा जन्मेका ४७ वर्षीय पारस शाह नेपालको युवराज सन् २००१ मा बनेका हुन् । उनी २००८ सम्म राजतन्त्र उन्मुलन नभएसम्म युवराज थिए । युवराज भएकै बेलामा पनि उनको उदण्डता कायम रहेको थियो ।तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेलामा एकजना गायककी श्रीमतीलाई दुर्व्यवहारको प्रयास गरेको चर्चामा आएको थियो ।

विवाह : भारतको सिकरको राजपरिवारकी छोरी हिमानीसँग २५ जनवरी २००० मा उनको विवाह भएको थियो । उनका दुई छोरी र एक छोरा छन् । उनको पत्नी हिमानीसँग पनि त्यति राम्रो सम्बन्ध नभएको बताइने गरेको छ । त्यसैगरी, बाबु ज्ञानेन्द्रसँग पनि उनको राम्रो सम्बन्ध नभएपछि छुट्टै बसेका थिए । पछिल्लो समयमा भने उनले आफ्ना छोराछोरीसहित सामाजिक सञ्जालमा तस्बिर राख्ने गरेका छन् ।

विभिन्न स्थानमा जाँदा उनका समर्थकहरुले पनि बेलाबेलामा स्वागत गरेको समेत देखिने गरेको छ । पत्नीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेको बताइँदै आएको थियो । उनी निकट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘ उहाँको परिवारसँग राम्रै सम्बन्ध भएकै कारण आमालाई पुर्याउन विमानस्थल जानु भएको हो । जे जस्तो अपमान सहेर भए पनि उहाँहरु स्वदेशमा नै बसिरहनु भएको छ । त्यस्तो अवस्थामा उहाँलाई विमानस्थलमा अपमान गर्न नहुने थियो । अपमान गरिएकै कारण उहाँले प्रतिक्रिया जनाउनु भएको हुनुपर्छ ।’’

Leave a Reply

Your email address will not be published.