Categories
ताजा समाचार

यी हुन् चाइनाका ह्याकर आएर नेपालका करिब एक दर्जन बैंकका एटीएम चोरी गर्ने प्रहरीले सार्वजनिक गर्यो करोडौ रकम सहित ( हेर्नुहोस भिडियो सहित)

चाइनाका ह्याकर आएर नेपालका करिब एक दर्जन बैंकका एटीएम चोरी भएको घटनामा सर्वसाधारणलाई कुनै जोखिम नभएको राष्ट्र बैंकले जनाएको छ । सो घटना पछि सर्वसाधारणमा परेको त्रास प्रति राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ह्याकरले बैंकको सफट्वेयरमा नभएर एटीएम सिस्टममा आक्रमण गरेको जानकारी दिएका छन् । प्रहरीको सहयोगमा आइटी बिज्ञले घटनाको अनुसन्धान गरीरहेको छ ।

‘अहिले ह्याकरले एटीएम सिस्टममा आक्रमण गरेको खुलेको विज्ञले जनाएका छन् । ह्याकरले ‘बैंकको सफट्वेयरमा आक्रमण गरेको छैन । त्यसैले सर्वसाधारण त्रसित हुन नपर्ने विज्ञले बताएका छन् । आइतबार चिनियाँ ह्याकर समूहले राजधानीका विभिन्न ठाउँबाट रकम चोरी गरेपछि एटीएम सेवा अवरुद्ध भएको छ।

प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ। नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स) को कार्ड प्रयोग गरेर भीसा कार्यको प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अझै घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । अहिले प्रभु, सनराइज, माछापुच्छ«े, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन्। त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्।

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ। सबै बैंकले शंकास्पद कारोबारको विवरण प्रहरीलाई बुझाइसकेका छन्। त्यसमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ। प्रहरीले विभिन्न ठाउँबाट पाँचजना चिनियाँ नागरिक पक्राउ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.