Categories
ताजा समाचार

दुखद खबर ईलाममा हालै एउटा अनौठो संयोग भयो श्रीमान–श्रीमतीको संगै निध*न निध*न भएका श्रीमान श्रीमतीलाई एकै चित्तामा राखेर दाग*बत्ति

इलाम, १५ भदौ । ईलाममा हालै एउटा अनौठो संयोग भएको छ । श्रीमान–श्रीमतीको संगै निधन भएको छ । संगै निधन भएका श्रीमान श्रीमतीलाई एकै चित्तामा राखेर दागबत्ति दिईएको छ । ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन निधन भएको हो ।

उनीहरुको ६ घण्टाको फरकमा निधन भए पछि एउटै चितामा राखेर दागबत्ती दिई दाहसंस्कार गरिएको आफन्त दिलीप थापाले बताए । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ, यस्तो अनौठो संयोग विरलै हुन्छ थापाले भने । यस्तो अनौठो संयोग कमै मात्र हुने गरेको भन्दै स्थानिय अन्तिम संस्कारमा सहभागी भएका थिए । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।

जन्मिएको तीन दिनमा अनौँठो शिशुको निध*न

कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ निधन भएको छ । बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नदुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् । उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको बताएपनि जन्मदा अनौँठो बच्चा जन्मिएको बताइन् । अस्पताल लैजाँदै गर्दा बाटोमै जन्मेको बच्चाको ११ सय ग्राम तौल रहेको थियो । अनौठो बच्चा जन्मेपछि आफन्तलगायत गाउँले त्रसित र अचम्मित भएका थिए ।

गाउँपालिकाका अध्यक्षद्वारा दोस्रो विवाह, जेठी श्रीमतीले दिइन जाहेरी

प्युठानकाे गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमतीले जाहेरी दिएकी छन् । जेठी श्रीमती सीता केसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता गराएकी हुन् ।केसीले भदौ १० गते जाहेरी दर्ता गराएकी थिइन् । २०५७ सालमा प्रेम विवाह गरेका उनीहरु केही समय अघिदेखि छुट्दै बस्दै आएका थिए । पहिलाे श्रीमतीसँग सम्बन्ध विच्छेदकाे कुरा भए पनि यसबारे केही हुन सकेकाे थिएन । यसबीच दाेस्राे विवाह गरेका गिरीविरूद्ध जेठी श्रीमतीले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

केसीले दिएको जाहेरीअनुसार गिरीले प्युठान नगरपालिका-८ बाट दाेस्राे विवाह गरेका हुन् । अध्यक्ष गिरीकाे पहिलाे श्रीमतीकाे तर्फबाट दुई छोरी रहेका छन् । जाहेरी दर्ता भएसँगै प्रहरीले गिरीबारे अनुसन्धान अगाडि बढाएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.