Categories
ताजा समाचार

यसरी पुरानो दिनहरु सुनाए, रोए अघोर बाबा नेपाल टेलिभिजनमा गौरी मल्लले लिएको अन्तर्वार्ता पुरानो भिडियो हेरेर ( हेर्नुहोस भिडियो सहित)

सामाजिक संजालमा अहिलेका चर्चित ब्याक्ति हुन् अघोर बाबा । करिव केहि महिना देखि उनि नेपालमा युटुवमा धेरै छाएका छन् । उनिसंग अन्तर्वार्ता लिन युटुबरहरुको घुइचो नै लाग्ने गर्छ ।

नेपालमा अहिलेका चर्चित च्यानलहरुमा पनि उनको अन्तर्वार्ता हेर्न सकिन्छ । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका बाबासंग बाल्यकालको बारेमा कुराकानी गरिएको छ । उनि बाल्यकालमा हुँदा गीतसंगीतमा लागेको कुरा पनि खुलाएका छन् । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन । बिगतमा आफु कलाकारितामा लागेको पनि उनले खुलाएका छन् । चर्चित संगीतकार सम्भुजित बास्कोटा र गौरी मल्लसंग पनि उनको नाम जोडिएको कुरा उनले खुलाएका छन् । उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको एउटा कार्यक्रममा आफ्नो प्रतिभा देखेको दुर्लव दृश्य पनि यस भिडियोमा देखिएको छ । बाँकि भिडियोमा नै हेर्नुहोला

https://youtu.be/TrQNLNsFfk0

यो पनि हेर्नुहोस-रबि लामिछाने ११ औ दिन पछी हि*रासत मुक्त भएपछि पहिलो पटक आफ्नो नियमित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ को नयाँ एपिसोडमा (हेर्नुहोस भिडियो सहित )

काठमाडौँ, १४ भदौ । पत्रकार सालिकराम पुडासैनीको मृ*त्यु प्रकरणमा अ*नुसन्धानको लागी प*क्राउ परेका रबि लामिछाने ११ औ दिन पछी हि*रासत मुक्त भएपछि पहिलो पटक आफ्नो नियमित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ को नयाँ एपिसोड लिएर आएका छन । विचाराधीन मु*द्दाको विषयमा अदालतले नबोल्ने आदेश दिएको उनले कार्यक्रममा वा कुनै सार्बजनिक रुपमा बोल्न भने पाउने छैनन् ।

तर उनले सर्बसाधारणको आवाज भने सिधा राख्ने छन् । हेर्नुहोस आजको ताजा सिधा कुरा जनतासंग कार्यक्रम :

यो पनि हेर्नुहोस्ः पुर्वपत्नी इशाले आफ्नोबारे मर्मस्पर्शी पत्र लेखेपछि रबि लामिछानेले दिए यस्तो कडा जवाफ, अनलाइनखबरलाइ पनि यस्तो सुझाव….रबि लामिछाने रिहा भएपछि अमेरिकामा रहेकी पुर्वपत्नी इशाले रबिका लागि खुल्ला पत्र लेखेकी थिइन । यहि विषयलाई लिएर रविले पनि त्यसको जवाफ फर्काएका छन । तर रविको जवाफ इशालाई मात्र नभएर अनलाइनखबरका सम्पादकलाई समेत रहेको छ । रविले अनलाइन खबरका सम्पादकलाई जनआस्थासंग जोडेर हेरेका छन् । किनकि उनले पत्रकारिता जनआस्थाबाट सुरु गरेका थिए । अनलाइनखबरले अमेरिकाको घरको किस्ता नतिरेको खबर छापेको प्रति रबि रुष्ट भएका हुन् । यहि विषयमा रविले आफ्नो फेसबुकमा लेखेको निक्कै लामो जरुरि टिप्पणी यस्तो अर्हेको छ :

”एक जरुरी टिप्पणी: अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ। कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ,कहिले छोरिहरुलाई हेरेन भन्छ। न म सङ वास्तविकता सोध्छ। एकोहोरो आरोप छाप्छ। बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्ने? सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान। के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र?मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न।हिजो राती सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु।

ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु। मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन। समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला।ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आजपनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ।

अरुण जीको अन्लाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ,पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टोकेर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ। त्यसपछि उहाँहरुको नेट्वोर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छ?तपाईको सम्पादकिय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवन?अब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला।

अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन।अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासत बाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजी लाई? के यी सब कुराका लागि उपयुक्त मौका यहि थियो?मैले गलत गरे कानुन छैन? छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाईलाई र मेरा छोरिहरुलाई थाहा छ।

कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी।कार्यक्रम निर्माणमा गल्ती भए,कन्टेन्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो।हैरान गर्नेपनि सिमा हुन्छ। कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने!! सरहरुको अरु काम छैन होला,तर प्लिज मलाई यति धेरै दुख नदिनुस। हामी सबै आ आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो।म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।”

 

Leave a Reply

Your email address will not be published.