Categories
ताजा समाचार

ज्ञानेन्द्र शाहीको माग पूर्वयुवराज पारसलाई कारवाही गर्न र सुरक्षाकर्मीले पूर्वराजाका परिवार जाँदा अपमान गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए (भिडियो हेर्नुहोस )

काठमाडौं, १२ भदौ । आफुलाई भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउने ज्ञानेन्द्र शाहीले वाइड वडी खरीद काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भएको दावी गरेका छन् । उनले प्रधानमन्त्रीकै संलग्नता भएका कारण सो काण्ड सेलाएको दावी गरेका छन् । संवाद चौचारीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।

स्टेजमा बसेका अन्य नेकपाका कार्यकर्ता छविन्द्रराज खनाललाई इकित गर्दै उनले भने वाइडवडी काण्डमा तपाईका नेता खड्ग ओलीको नाम छ तपाईलाई थाहा छैन भने म डाटा देखाउँछु । गएर भन्नुस् तपाईको नेतालाई यदि हिम्मत छ भने । उनले नेकपाका नेताहरुमा नैतिकता नभएको आरोप लगाएका छन् । उनले नेताहरुमा नैतिकता नभएको भनेर टिप्पणी गरिरहँदा मञ्चमा बसेका नेकपाका कार्यकर्ताहरुले विरोध जनाएका थिए । उनले कम्युनिष्टको सरकार बनेपछि ब्यापार घाटा बढेको, निर्यात बढेको, भ्रष्टाचार बढेको आरोप लगाए ।

उनले मेलम्चीमा खानेपानी मन्त्री विना मगरले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले मन्त्रालयमा गएर सोध्न कार्यकर्तालाई चेतावनी दिए । नेपाल ट्रष्टको सम्पत्ती शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्र प्रयोग गर्न पाइने भएपनि यति एयरलाइन्सलाई कसरी प्रयोग गर्न दिइयो भनेर उनले प्रश्न गरे । ज्ञानेन्दै शाहीले विमानस्थलमा सुरक्षाकर्मीलाई अपमान गर्ने पूर्वयुवराज पारस शाहलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

उनले पूर्वयुवराज शाहले कानुन हातमा लिन नहुने बताए । यदि सुरक्षाकर्मीले आफुलाई अपमान गरेको भए कारवाही गर्ने अन्य निकाय हुँदाहुँदै कानुन हातमा लिन नहुने बताए । उनले यदि भिआइपीलाई अपमान गरेको हो भने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले भने प्रचण्डका परिवार जाँदा सम्मान गर्ने सुरक्षाकर्मीले पूर्वराजाका परिवार जाँदा अपमान गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्नुपर्ने बताए ।

https://youtu.be/cEBPd8OSEsY

Leave a Reply

Your email address will not be published.