Categories
ताजा समाचार

रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा -ऋषि धमला

भदौ ११ काठमाडौं कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई हिरासतमा भेट्न पुगेका तमाम व्यक्तिहरुमध्यका एक हुन् पत्रकार ऋषि धमला। उनै धमलाले राजनीति गर्न भनेको जस्तो सजिलो नभएको बताएका छन्। चितवनमा भएको प्रेस मिटमा लामिछानेले आफु राजनीतिमा आउन झन् सहज बातावरण सृजना भएको छ भनेर भनेको कुरामा आधारित रहेर सुत्र टिभीका पत्रकारले बरिष्ट पत्रकार धमलालाई सोधेको प्रश्नमा धमलाले राजनीति भनेको भाषण गरे जस्तो र पत्रकारिता गरेको जस्तो सजिलो नभएको भन्दै स्व नेता गिरिजा प्रसाद कोइरालाको बिचारलाई स्मरण गरेका थिए।

पत्रकारले त्यो ५ लाख लिएर रविलाई छोड्नु र बाहिर यो केसमा नबोल्ने आदेश दिनुलाई कसरी लिने भन्ने प्रश्नमा धमलाले आफुले कानुनी राज्यमा विश्वास गर्ने र अदालतले गरेको फैसलालाई सम्मान गर्ने र अन्तिम सुनवाई हुन अझ बाकी भएकाले त्यति बेला नै स्पस्ट हुने पनि बताए। सुत्र टिभीका पत्रकारले उनकै रिपोर्टस क्लबमै धमलालाई रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा पुगेको हो भनेर सोद्धा धमलाले सबै नभए पनि बाहुल्यता भने राजतन्त्रवादी हरु कै थियो भनेका थीए। रबि आफ्नो राम्रो मित्र भाएका ले उहालाई मेरो साथ र समर्थन सदैव रहने समेत बाताएका छन् यति मात्र नभई देश परिवर्तन गर्न एउटाले मात्र नसक्ने समेत दाबी गरेका छन्।

यो पनि हेर्नुहोस-एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् (भिडियो सहित)

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए ।

रविको समर्थकमा नारासमेत लगाएका थिए । त्यसैबिच एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् । भिडियो हेर्नुस:

यो पनि हेर्नुहोस्: फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ? सुनको मूल्य फेरि बढेको छ । सुन तोलामा विहीवार पुनः ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सूनको भाउ मंगलबार घटेको थियो । मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटबढ भएको थिएन । केही दिनयता सुनको मूल्यमा निकै ठूलो वृद्धि भएको छ । यो साताको पहिलो दुई दिनमा सुन तोलामा २ हजार भन्दा बढी बढेको छ ।

Leave a Reply

Your email address will not be published.