Categories
ताजा समाचार

स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृ*त्यु र उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बे*होस्

बुटवल -स्कुलमा किशोरीहरुमाथी अनौठो लक्षण देखिएको छ । पाल्पाको रम्भा माध्यामिक विद्यालयमा यस्तो अनौठो लक्षण देखिएको हो । किशोरी पढ्दा–पढ्दै बेहोस हुने र नफर्किने समस्या आएको छ । त्यहाँ कोचिङ पढ्न पुगेकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठीपनि एकै पटक बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो ।

स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको एसपी जीसीले जानकारी दिए । गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए । मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको एसपी जीसीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली अनुसन्धानका लागि विद्यालयमा पठाइएको छ ।

यो पनि हेर्नुहोस-हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगे (भिडियो सहित)
काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् ।

उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए । पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो ।

सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

१० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि क्षेन अगाडी त्रिभुवन बिमान स्थलमा पत्रकार संगको भेट संगै रविको समर्थकको पनि भरपुर साथ् देखिएको थियो।रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

रबि लामिछाने केहि दिन अगाडी टेलिभिजनबाटै पक्राउ परेका थिए।पुडासैनी प्रकरणकै कारण उनले १० दिन हिरासतमा रहेर आफ्नो जीवन अगाडी लानु पर्यो।रबि आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन हजारौको समर्थनमा रबि आफ्नो निवास पुगेका छन।हेरौ यो भिडियो :

Leave a Reply

Your email address will not be published.