Categories
ताजा समाचार

रबि लामिछानेले प्रहरीलाई दिएको बयान बाहिरियो घटनाको वास्तविकता यस्तो रहेछ (भिडियो हेर्नुस)

चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिएका छन् । प्र हरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले घटना हुनुभन्दा दुई तिन दिन अघिमात्र न्यूज २४ का एक जना क्यामरा पर्सनको माध्यमबाट आफूले शालिकरामको प्रेमिका भएको र उनले शालिकरामबाट धेरै पीडा व्यहोरेको बताएका छन् ।

यस्तो छ रविले प्रहरीलाई दिएको वयान–कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे। करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। भिडियो हेर्नुस

https://youtu.be/zDb1iry2UFA

यो पनि हेर्नुहोस -अस्मिता कार्कीको दाई मिडियामा (भिडियो सहित)

काठमाडौं, ९ भदौ । अस्मिता कार्की रुकुका दाई जगत कार्कीले शालिकराम पुडाशैनीको देह त्याग भन्दा अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि मात्र आफ्नो बहिनी र शालिकरामबीचको सम्बन्धका बारेमा थाहा पाएको बताएका छन् । अस्मिताको परामर्शकर्ता तथा नर्स जिता वराल जसले अस्मितालाई जिल्ला प्रहरी कार्यालयमा बुझाएकी थिइन् उनले अस्मिता माथि अन्याय भएको बताइन् । उनले घटनाका तथ्यहरु प्रहरी प्रशासन अथवा कानुनी निकायमा जानुभन्दा पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आएका कारण अस्मिताको बारेमा धेरै नकारात्मक टिप्पणी आएको बताइन् ।

सामाजिक सञ्जालमा एउटा महिलाको अस्मिता उचालेर रमाइलो मानेर हेरीरहेकाहरु प्रति उनले दुख ब्यक्त गरिन् । उनले भनिन् सामाजिक सञ्जालमा आएका त्यस्ता कुराले अरुले त रमाइलो माने होलान् तर २१ वर्षको नानी आफ्नै छोरी हुन्थि भने कस्तो पीडा हुन्थ्यो त्यो कुरा ओझेलमा पारीयो । उनले सबैले बलेको आगो मात्र तापेको भन्दै अस्मितालाई सामाजिक सञ्जालले झन पीडित बनाएको बताइन् ।

संसदमा, सडक र सामाजिक सञ्जालमा पनि रवि लामिछानेका विषयमा मात्र कुरा उठाइए तर संसदमा त्यती धेरै महिला सांसदहरु पनि छन् तर उनीहरुले पनि अस्मिताको कुरा कसैले उठाएनन् । यो घटनामा साँडेको जुधाई बाच्छाको मिचाई भएको बताइन् । पब्लिक फिगरका दुई ब्यक्ति शालिकराम र रवि भएकाले अस्मिता अनाहकमा पीडित भएको बताइन् । उनले अस्मिताले प्रेम गरेर अपराध नगरेको बताइन् । प्रेम गर्नु अपराध हो भने सबैलाई कठघरामा ल्याउनु पर्यो । उनकै कारणले यस्तो घटना भएको हो भने पनि न्यायालयले फैसला गर्ला तर सामाजिक सञ्जालमा अस्मितालाई अन्याय गरेको उनले तर्क गरिन् ।

उनले अस्मितालाई प्रहरीले पक्राउ गरेको नभई आफैले प्रहरीलाई सहयोग गर्छु भनेर प्रहरीकहाँ गएको बताइन् । उनले अस्मितालाई प्रहरीले पक्राउ गरेको भनेर गलत समाचार बाहिर आएको उनको भनाई छ । उनले आफुले नै अस्मितालाई प्रहरीकहाँ लिएर गएको बताइन् । उनले भनिन् प्रहरीले अस्मितालाई पक्राउ गरेको होइन, मैले नै चितवन प्रहरी प्रमुखलाई फोन गरेर अस्मितालाई प्रहरी कार्यालयमा लिएर गएको हुँ । सामाजिक सञ्जाल र मिडियामा आएका अस्मिता बारेका समाचार प्रति घोर भत्र्सना गर्दछु । अस्मिताले रवि लामिछाने र युवराज कँडेललाई नचिन्ने उनको दावी छ ।

अस्मिताले अनिल ढुंगेललाई मात्र चिनेको बताइन् । शालिकराम पुडाशैनीसंग प्रेम सम्बन्धमा परिसकेपछि पुडाशैनी विवाहित भन्ने थाहा पाएपछि सम्बन्ध अन्त्य गर्न खोज्दा ढुँगेलसंग सहयोग लिन खोजेको मात्र उनको दावी छ । उनले ढुँगेलले नै सो घटनालाई प्राथमिकता नदिएका कारण यस्तो भएको हो की भन्ने शंका ब्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published.