Categories
ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृ*त्यु,नावालक छोराछोरीको विचल्ली

कैलाली,५ भदौ । घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडीमा सर्पको टोकाइबाट एक महिलाको मृ त्यु भएको छ । विहिवार विहान कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा मृ त्यु भएको हो ।

५ नावालक छोराछोरी वाहेक घरमा पाको मान्छे नभएको उनी छिमेकीलाई समेत खवर नगरी आफै सुखड बजार मेडिकलमा हिड्दै पुगेको र मेडिकलवाट सर्पले टोकेको धनगढी जान सल्लाह दिए पछि मात्र उनलाई गौरिगंगा नगरपालिका बडैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । केन्द्रले धनगढी सेती अंचल अस्पताल रिफर गरेपनि अन्तिम अवस्थामा रहेकोले उपचार हुन नसकी नि धन भएको छ ।

एक कट्ठा ऐलानी जग्गामा बस्दै आएको उनको परिवारमा श्रीमान शंकर न्यौपाने रोजगारीका लागि भारत गएको ४ दिन मात्र भएको छिमेकी धनलक्ष्मी शाहिले बताउनु भयो । कलिलै उमेरमा विबाह गरेकी उनको १० ,८,५ र ४ वर्षका ४ छोरी छन् भने ७ महिनाका एक छोरा रहेका छन् । उनको नि धन संगै ५ नावालाक छोराछोरीको विचल्ली भएको छ । नावालक छोराछोरीको संरक्षण ,लालनपालनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने छिमेकी शाहीले वताउनु भयो ।

यो पनि हेर्नुहोस -अब बन्यो नयाँ कानुन बिदेश जाने पुरुष को श्रीमती भगाए ५ लाख जरिमाना ५ बर्ष जेल

पाँचथरको/ प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।

अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

Leave a Reply

Your email address will not be published.