Categories
ताजा समाचार

सिताराम कट्टेल धुर्मुसले रबि लामिछाने पक्राउ परेपछि यस्तो भनेका छन् (भिडियो हेर्नुस)

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई प-क्राउ गरेको थियो। प-क्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो। यसैबिच सिताराम कट्टेल धुर्मुसले रबि लामिछाने पक्राउ परेपछि यस्तो भनेका छन् । भिडियो हेर्नुस-

https://youtu.be/SVjtg1N_xJ0

यो पनि हेर्नुहोस -स्थानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न -पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकाशको निम्ति सबै एक जुट हुन आह्वान गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा नेपालले स्थानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताएका हुन् । सानो—ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पुर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए । कहिलेकाँही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने बिश्वास ब्यक्त गरे ।

पुर्वप्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गरे। बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको बिकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने उनले बताए

Leave a Reply

Your email address will not be published.