Categories
ताजा समाचार

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन

काठमाडौं, ३२ साउन । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । अस्पतालमा उपचार भइरहेको उनलाई केही दिन अघि घर ल्याइएको थियो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

यो पनि समाचार, यो पनि समाचार बाढीले क्षति पु¥याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार ९भदौ ३ गते० देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ ।

तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा दश मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ ।

“ग्रेड मिलाउने र फिलिङ गर्ने काम भइरहेको छ, भदौ ३ गतेदेखि लोकमार्ग नियमित सञ्चालनमा आउँछ”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भन्नुभयो । शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रुपमा चल्न दिइएको उको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.