बलिउडका चर्चित स्टार रणवीर कपुरले निर्माता तथा निर्देशक महेश भट्टसँग उनकी छोरी आलिया भट्टको हात मागेका छन् । रणवीरले आलियासँगको आफ्नो सम्बन्ध अगाडि बढाउन महेश भट्टलाई भेटेर विवाहको लागि आलियाको हात मागेका हुन् । महेश भट्टसँग आलियाको हात माग्दा रणवीरले भावुक हुँदै आँखाबाट आँसु झारेका थिए ।
रणवीर र आलिया यतिबेला गहिरो प्रेम–सम्बन्धमा छन् । दुवै थुप्रैपटक डेटिङमा समेत गइसकेका छन् । रणवीर र आलियाको सम्बन्धलाई दुवै परिवारले स्वीकृति दिएका छन् । उनीहरूबीचको प्रेम–सम्बन्धको खुलासा भएपछि महेश भट्टले विवाहबार केही महिना पहिले कपुर परिवारसँग कुरा चलाएका थिए । दुवै परिवारले विवाहको लागि स्वीकृति प्रदान गरेपछि रणवीरले आलियाको हात मागेका हुन् ।
रणवीरले आफूसमक्ष आएर आलियाको हात मागेपछि महेश भट्टले भने, ‘उनीहरू एक–आपसमा प्रेम गर्छन्, मलाई रणवीर मनपर्छ, उनी असल व्यक्ति हुन्, म यो सम्बन्धबाट खुसी छु, अब उनीहरू यो सम्बन्धलाई कसरी अगाडि बढाउँछन् र परिणाममुखी बनाउँछन्, त्यो उनीहरूको कुरा हो, यो विषयमा बोल्ने मलाई कुनै अधिकार छैन ।’ भट्टले सञ्चारकर्मीहरूलाई यस्तो जानकारी गराएपछि अब उनीहरूको विवाह आउँदो वर्ष सन् २०२० मा हुने अनुमान गरिएको छ ।
यो पनि हेर्नुहोस -७६ वर्षीय एक वृद्धले काम गरेर वार्षिक रूपमा पाँच लाख आम्दानी गर्दै आएका
धन कमाउन बिदेुिशने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक वृद्धले काम गरेर वार्षिक रूपमा पाँच लाख आम्दानी गर्दै आएका छन् ।
सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर बेचेर वार्षिक रु. पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् । उनलाई काम गर्न उमेरले छेकेन । ७६ वर्षको उमेरमा पनि मनिरामसँग जोस र जाँगर निकै छ । बुढेसकालले छोए पनि उनले आफ्नो काम निकै मन लगाएर गर्दै आएका छन् ।
सधैँ बिहानै उठ्ने मनिराम परिवारसँग मिलेर घरको काम सक्छन् र त्यसपछि घन, हथौडा र छिनो बोकेर पाँच मिनेट परको राक्से भन्ने ठाउँमा पुग्छन् । बाह्र वर्षदेखि ढुंगासँगै मितेरी गाँस्दै बिताएको राक्सेमा उनले अहिले पनि पत्थरको घट्ट बनाउँछन । महिनामा दुई घट्ट बनाउँदै आएको र वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको र एउटा घट्टलाई बढीमा रु. ४० हजारसम्ममा बिक्री गर्छन् । मनिराम भन्छन्, ‘घट्ट चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु । निर्माण गरेका सबै घट्ट बिक्री हुन्छन् ।’ घट्टको माग रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बाग्लुङलगायत जिल्लाबाट समेत आउने गरेको उनको भनाइ छ ।
घरमा पनि मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पालेका छन् । घरको काममा उनलाई परिवारले पनि सघाउने गरेको छ । ‘घरधन्दा सकेर बचेको सबै समय घट्ट बनाएरै बिताउँछु । आफ्नै काम र पेसामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिनँ । घरमै गाईभँैसी पालेको छु । ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस गर्नुपरेको छैन,’ उनी बताउँछन् । विगत २६ वर्षदेखि घट्ट बनाउँदै आएका मनिराम भन्छन्, ‘म र मेरो परिवारलाई खान–लाउन नपुगेर ढुंगा फोडेको होइन, पुख्र्यौली पेसा हो । पेसाको माया लाग्छ, छोड्न मन लाग्दैन, तर बनाएर राखे पनि कुहिएर खेर जाला भन्ने डर हुँदैन ।’ अहिले पछिल्लो समयमा विद्युतीय मिलको प्रयोग बढदै गए पनि घट्टकोे मागमा कमी नआएको उनी बताउँछन् ।