दैलेख – जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नगरपालिका–१०, भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
गएको वैशाख ११ गते न्यौपानेले लछिमा कामीलाई रावतडाँडामा रहेको सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भनेर कुटपिट गरेको घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्ता भएको थियो ।
आरोपित फरार भएको अवस्थामा प्रहरीले घटनाका आरोपित साक्षी र पीडितहरुलाई ‘विभेद भएको होइन’ भनेर साउन १४ गते बयान बदल्न वडाध्यक्ष लोकबहादुर थापा र नेता लोमन शर्माले दबाब दिएको विषयले घटना चर्चाको विषय बनेको थियो
यो पनि हेर्नुहोस -रणवीर कपुरले निर्माता तथा निर्देशक महेश भट्टसँग उनकी छोरी आलिया भट्टको हात मागे
बलिउडका चर्चित स्टार रणवीर कपुरले निर्माता तथा निर्देशक महेश भट्टसँग उनकी छोरी आलिया भट्टको हात मागेका छन् । रणवीरले आलियासँगको आफ्नो सम्बन्ध अगाडि बढाउन महेश भट्टलाई भेटेर विवाहको लागि आलियाको हात मागेका हुन् । महेश भट्टसँग आलियाको हात माग्दा रणवीरले भावुक हुँदै आँखाबाट आँसु झारेका थिए ।
रणवीर र आलिया यतिबेला गहिरो प्रेम–सम्बन्धमा छन् । दुवै थुप्रैपटक डेटिङमा समेत गइसकेका छन् । रणवीर र आलियाको सम्बन्धलाई दुवै परिवारले स्वीकृति दिएका छन् । उनीहरूबीचको प्रेम–सम्बन्धको खुलासा भएपछि महेश भट्टले विवाहबार केही महिना पहिले कपुर परिवारसँग कुरा चलाएका थिए । दुवै परिवारले विवाहको लागि स्वीकृति प्रदान गरेपछि रणवीरले आलियाको हात मागेका हुन् ।
रणवीरले आफूसमक्ष आएर आलियाको हात मागेपछि महेश भट्टले भने, ‘उनीहरू एक–आपसमा प्रेम गर्छन्, मलाई रणवीर मनपर्छ, उनी असल व्यक्ति हुन्, म यो सम्बन्धबाट खुसी छु, अब उनीहरू यो सम्बन्धलाई कसरी अगाडि बढाउँछन् र परिणाममुखी बनाउँछन्, त्यो उनीहरूको कुरा हो, यो विषयमा बोल्ने मलाई कुनै अधिकार छैन ।’ भट्टले सञ्चारकर्मीहरूलाई यस्तो जानकारी गराएपछि अब उनीहरूको विवाह आउँदो वर्ष सन् २०२० मा हुने अनुमान गरिएको छ ।