Categories
खेलकुद

बार्सिलोनाले ला लिगाको पहिलो खेलमा नै हार व्यहोरेको

३२ साउन, काठमाडौं । च्याम्पियन बार्सिलोनाले ला लिगाको पहिलो खेलमा नै हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओले बार्सिलोनामाथि १-० को जित निकालेको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लिओनल मेस्सी विना मैदान उत्रिएको थियो । फिलिप काउटिन्हो पनि खेलेका थिएनन्, जो बार्यन म्युनिख जाने सम्भावना छ ।बल पोजिसन राम्रो भएपनि फिक्का प्रदर्शन गरेको बार्सिलोनालाई सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका अडुरिजले दण्डित गरे । उनले ८९ औं मिनेटमा गोल गरेका थिए ।

यसअघि बार्सिलोनाका फरवार्ड लुइस स्वरेजसँगै राफिन्हाको प्रहार बारमा लागेको थियो । चोटका कारण स्वारेजले ३७ औं मिनेटमा मैदान छाडेपछि राफिन्हा मैदान प्रवेश गरेका थिए ।

यो पनि हेर्नुहोस-रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन

३२ साउन, चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।
‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।

Leave a Reply

Your email address will not be published.