Categories
ताजा समाचार

रमेश प्रसाई पनि चितवन पुगी यसरी गर्जिए,सरकारलाई दवाव सिर्जना गर्न र रवि लामिछानेको पक्षमा जनमत जुटाउन आफु चितवन पुगेको (हेर्नुहोसभिडियो)

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकले चितवनमा शक्ति केन्द्रित गरेका छन् । काठमाडौंमा पक्राउ परेका रवि लामिछाने लगायतलाई प्रहरीले चितवन लगेको छ । शुक्रवार अदालतमा पेश गरीएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई हदालतले अनुमति दिएको छ । अदालतको अनिमति पछि आक्रोशित भएका रविका समर्थकले अहिले चितवनमा शक्ति केन्द्रित गरेका हुन् ।

विभिन्न जिल्लाका उनका समर्थक अहिले चितवन पुग्ने क्रम जारी छ । आफुलाई रवि लामिछानेको समर्थक बताउने रमेश प्रसाई पनि चितवन पुगेका छन् । उनले आफु चितवनको कुन स्थानमा छु भन्ने कुरा भने खुलाएका छैनन् ।

सरकारलाई दवाव सिर्जना गर्न र रवि लामिछानेको पक्षमा जनमत जुटाउन आफु चितवन पुगेको उनले बताएका छन् । अदालतले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएपछि सरकारलाई दवाव सिर्जना गर्न आफु पनि चितवन आइपुगेको उनले भिडियो मार्फत सार्वजनिक गरेका छन् ।उनले रविलाई फसाउन षडयन्त्र भएको भन्दै रविका पक्षमा दवाव सिर्जना गर्न अरुलाई पनि आह्वान गरेका छन् ।

पत्रकार शालिकराम पुडाशैनीले आफुलाई देहत्याग गर्नेसम्मको अवस्थामा पुर्याउने भन्दै रवि लामिछाने लगायत तीन जनाको नाम लिएपछि प्रहरीले तिनजनालाई नै पक्राउ गरेर चितवन लगेको हो । रवि लगायतका तीन जनालाई नै चितवन लगेपछि उनका समर्थक पनि चितवन पुगेका छन् ।

शालिकरामको श्रीमती सम्झानाका अनुसार शालिकरामले आज आफु चितवनमा रिपोटिगंका लागि जाने र भोली फर्कने बताएका थिए । शालिकराम विहान करिब साढे ८ वजे घरवाट हिँडेको । टेलिभिजनका लागि रिपोर्ट बनाएको छैन, त्यसैले म जान्छु भोली फर्कन्छु भनेर आफुलाई सम्झाएर गएको शालिकरामको श्रीमतीले बताइन् ।

Leave a Reply

Your email address will not be published.