Categories
ताजा समाचार

रमेश प्रसाईले पुडासैनीको भिडियोका बिषय उनले भिडियो भित्र शालिकरामले बोलेका ६ कुराहरुप्रति आपत्ति जनाउँदै यि कुराहरु बाहिर ल्याए (भिडियो हेर्नुस)

पत्रकार शालिकराम पुडासैनीले झुण्डिनमा दूरुत्साहन गरेको निष्कर्षमा पुग्नासाथ संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरिने चितवन प्रहरीले बताएका छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘हामी केही रिपोर्टहरु पर्खिरहेका छौं । आज साँझसम्ममा रिपोर्ट आइपुग्ला । त्यसपछि निष्कर्षमा पुग्छौं ।’

एसपी मल्लका अनुसार मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाजलगायत विषयहरु परीक्षण प्रतिवेदन पर्खिइएको हो । नेपालआजसँग कुरा गर्दै उनले भने, ‘नेपालआजले सार्वजनिक गरेको भिडियोलाई मात्रै आधार बनाएर आत्महत्यामा दूरुत्साहन गरेको भन्न मिल्दैन । तर सो भिडियोसहित अन्य आधारहरु, विभिन्न घटनाक्रम, आदिलाई केलाएर अनुसन्धान भइरहेको छ । यो अनुसन्धान पूरा भएपछि गिरफ्तार गर्न सक्छौं ।’ यसैबिच धरानका रमेश प्रसाईले पुडासैनीको भिडियोका बिषयमा एक भिडियो बाहिर ल्याएका छन् । उनले भिडियो भित्र शालिकरामले बोलेका ६ कुराहरुप्रति आपत्ति जनाउँदै यि कुराहरु बाहिर ल्याए । भिडियो हेर्नुस

https://youtu.be/8o-lw27nID0

यो पनि हेर्नुहोस-गायीका शर्मिला श्रेष्ठमाथि कम्पनीको आधिकारिक युुटुव च्यानल स्ट्राईक गरेको आरोप (विज्ञप्ति सहित)

काभ्रे । डि.ए.आर मुभिजले गायीका शर्मिला श्रेष्ठमाथि कम्पनीको आधिकारिक युुटुव च्यानल स्ट्राईक गरेको आरोप लगाएको छ । डि.ए.आर मुभिजलले एक प्रेस विज्ञप्ति जारी गर्दै गयिका श्रेष्ठ विरुद्ध अदालतको साहारा लिने चेतावनी समेत दिएको छ ।
साउन १० गते गायक विक्रम गौतमको छम छम गीत डि.ए.आर मुभिजको अफिसियल च्यानलबाट डिजिटल बजारमा आएको थियो । साउन २९ गते डि.ए.आर मुभिजको ईमेलमा एका एक शर्मिला श्रेष्ठबाट च्यानलमा स्ट्राईक भएको जानकारी आए पश्चात कम्पनि संचालक सदस्य प्रभावन जेबाट बारम्बार फोन सम्पर्क र सामाजिक संजाल मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको संचालक प्रभावनले बताए ।

गायक विक्रम गौतमले गीत युटुवमा हाल्न ल्याए पश्चात गीत सुन्दा चर्चित गायक भोजराज काफ्लेको दोलखा सुनखानीसँग भाका मिल्ने देखेपछि गायक विक्रमलाई गायक काफ्लेसँग अनुमति लिन भनेको र गायक भोजराज काफ्लेले लयको लागि अनुमति दिएर उनकै नाममा लय राखेर युटुवमा गीत हालिएको थियो ।

‘तर एकाएक कम्पनीलाई नै जानकार नदिई कम्पनीको च्यानलमाथि स्ट्राईक हान्ने अधिकार गायीका शर्मिलालाई कसले दियो ? गीत संगीतको लय मिल्न सक्छ हुन, सक्छ गायीका शर्मिलाको गीतसँग पनि उक्त गीत छम छमको लय मिल्यो होला तर शर्मिलाको विवाद गायक विक्रमसँग हो । युटुव च्यानल वा कम्पनीसँग हैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘शर्मिलामाथि अन्याय नै भएको भए विवाद मिलाउने निकाए छन् उक्त ठाउँमा गएर नियम सँगत कार्वाही अगाडि बढाउँदा हामीलाई कुनै गुनासो थिएन वा हामीलाई सम्पर्क गरी यो समस्या भयो भनेको भए समाधानको बाटो निकल्न्थयो तर कम्पनीलाई थाहै नदिई अफिसियल युटुव च्यानलमा स्ट्राईक हानेको देख्दा अचम्मीत भएका छौं ।

कसैको व्यक्तिगत च्यानल भए ठिकै छ भन्न हुन्थयो, लाखौ लगानि गरी संस्था खडा गरेका छौ, त्यतिकै अनाहक मा पिडित भएर चुप बस्ने छैनौ, आवश्यक र सम्बन्धित संस्था हरु संग छलफल गर्ने र गायीका शर्मिला माथि कावाहीको लागि कानुनी प्रक्रियामा जाने भनी हाल कम्पनीको कामले नेपाल बाहिर रहेका कम्पनीका संचालक सदस्य प्रभावनले बताए ।
कम्पनीले यायिका श्रेष्ठलाई कपि राइट स्ट्रइक फिर्ता लिन समेत अनुरोध गरेको छ ।
लौ हेर्नुहोस् विज्ञप्तिः

Leave a Reply

Your email address will not be published.