Categories
ताजा समाचार

कुलमान घिसिङको अर्को चमत्कार विद्युत प्राधिकरणमा गएको आर्थिक वर्षमा ७अर्ब २० करोड रुपैयाँ नाफा चुहावट पनि १५.३२% मा झरेको

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।

यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ ।यस्तै चुहावट पनि १५.३२% मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४–७५ मा चुहावट २०.४५% रहेको थियो ।

यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ । यसमध्ये प्राधिकरणको ३४%,निजी उत्पादकको २९% र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।
यस्तै अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १०% ग्राहक बढेका छन ।कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताउनुभयो ।

यो पनि हेर्नुहोस-माछालाई थापेको जालमा आफै परेपछि २ जनाको ज्यान गयो

स्याङ्जा – चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।

ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिनुभयो ।

मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ  ।

कसरी भयो घटना ? 

चापाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको राम मन्दिर माविमा पढाएर सोमबार अपरान्ह साढे चार बजेतिर निरबहादुर राना  घर आइपुग्नु हुन्छ । उहाँको दुई जना साथीहरु वीरबहादुर र बमबहादुर आलेसँग भेट हुन्छ । सधैँजसो माछा मार्न जाने सल्लाहपछि साँझ ५ बजेतिर उनीहरु ज्याग्दी खोलातिर लाग्छन् ।

माछा मार्ने क्रममा वीरबहादुरले फालेको जालले उहाँलाई नै बेर्छ र उहाँ खोलामा डुब्नु हुन्छ । नजिकै रहनु भएका निरबहादुर आफ्नो जाल फालेर वीरबहादुरलाई बचाउन खोलामा पस्नु हुन्छ तर उहाँलाई पनि जालले बेर्छ र दुवै जनालाई बगाएर कौडे रहमा पुर्‍याउँछ ।

जाल भारी तथा उचाल्नसमेत कठिन हुने हुँदा उनीहरुले आफूहरुलाई बेरेको जाललाई पन्छाउन सक्तैनन् र माछालाई हानेको जालले उनीहरु दुवै जनाको ज्यान लिन्छ । साँझको समयमा छुट्टै माछा मारिरहनु भएका बमबहादुरले यो घटना देखेपछि उद्धारको लागि हारगुहार गर्नुभयो ।

तर जालमा परेका दुवै जनाको शरीरबाट जाल पन्छाएर बाहिर निकाल्दा उनीहरुकोे ज्यान गैसकेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.