Categories
राजनीतिक

कानुनविद त्रिपाठी-प्रचण्डको छोराको नाममा दुवईमा २१ अर्व रुपैया रहेको दावी त्यही मिलाउन प्रचण्ड युएई गएको खुलासा (भिडियो सहित )

वरिष्ठ कानुनबिद तथा राजनीतिक विष्लेषक दिनेश त्रिपाठीले नेकपाका नेताहरुको सम्पत्तीको श्रोत खोज्नुपर्ने बताएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका प्रमुख नेताहरुको सम्पत्तीको छानविन गर्नुपर्ने बताए । उनले प्रचण्डको छोराको नाममा दुवईमा २१ अर्व रुपैया रहेको दावी गरेका छन् । उनले पूर्व माओवादी लडाकुको रकममा भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले प्रचण्डलाई अवसरवादी समेत बताएका छन् । उनले आफ्नो सुरक्षाको ग्यारेण्टी भए आफु हिन्दु राज्य मान्न पनि तयार रहेको अभिब्यक्ति दिनुले उनी अवसरवादी भएको प्रष्ट भएको दावी गरे । एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिदै उनले यस्तो दावी गरेका हुन् ।

पूर्व माओवादी बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई अब अन्तराष्ट्रिय फौजदारी अदालत (हेग) मा लैजाने चेतावनी दिएपछि अहिले सो विषय चर्चामा छ । विष्टले प्रचण्ड र डा बाबुराम भट्टराईलाई तीन महिना भित्रमा हेगमा लैजाने चेतावनी दिएका छन् । माओवादी शान्ति प्रकृयामा आएपछि पूर्व माओवादी लडाकुहरुलाई वेवास्ता गरेको भन्दै विष्टले आवाज उठाउँदै आएका छन् । उनले प्रचण्ड, बाबुरामले युद्ध अपराध गरेका कारण उनीहरु अन्तराष्ट्रिय फौजदारी अदालतमा लैजानुपर्ने उनको पनि तर्क छ ।

कानुनविद त्रिपाठीले अहिले भर्खर परिवारका सदस्यलाई लिएर दुवई भ्रमणमा जाने र विश्वकै महंगो होटलमा बस्ने हैसियत कसरी आयो ? उनले प्रश्न उठाए । उनले प्रचण्डका छोरा प्रकाशको नाममा २१ अर्व रुपैया दुवईमा रहेको भनेर आएको हल्लाका बारेमा प्रचण्ड मौन बस्नु पनि उनको अवैध श्रोत भएको पुष्टि भएको दावी गरे । उनले प्रचण्डको सम्पत्तीको छानविन हुनुपर्ने बताए । उनले अवैध श्रोत भएका कारण उनले पैसा दुवईमा राखेको हुनुपर्ने उनको भनाई छ ।

यो पनि हेर्नुहोस -सुन्दा अचम्म लाग्ला तर घटना साँचो सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन(भिडियो सहित )

आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् ।सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।

नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।

उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषलेआफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जानकारी दियो ।पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’यो जोडीले आफ्नो झगडा पुलिस थानामा सल्टाउँदै आइन्दा आफ्नो समस्या सभ्य तरिकाले सुल्झाउने बचन दिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published.