Categories
सूचना प्रविधि

आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने

काठमाडौं आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ ।पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् । वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो ।

२००६ मा पत्ता लगाइएको यो क्षुद्रग्रह यही साता पृथ्वीबाट ७० हजार किलोमिटर दूरी परबाट आफ्नै कक्षबाट गएको हो । नासाका वैज्ञानिकहरु यदी उक्त क्षुद्रग्रह पृथ्वीमा खसेको भए एउटा सिंगो सहर ध्वस्त हुने बताउँछन् । तर तत्कालका लागि त्यस्तो भयावह टरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अन्नपूर्ण पोस्टअनलाइनमा खबर छ

यो पनि हेर्नुहोस -एकाबिहानै झापामा बम वि*ष्फोट, यस्तो छ पछिल्लो अवस्था
अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम वि*ष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम वि*ष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम वि*ष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताउनुभयो । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम वि*ष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस चितवनमा वन्यजन्तु पालन केन्द्र बनाइदै

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ ।विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौँ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ ।

सोहीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौँ संशोधन मन्त्रिपरिषद्मा छ । केन्द्र स्थापना भएसँगै त्यहाँबाट तोकिएका बीउप्राणी खरीद गरेर लैजान, अध्ययन, अनुसन्धान गर्न सहज हुने श्रेष्ठले जानकारी दिनुभयो ।ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहनेले सरकारले तोकेको राजश्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकिन्छ भन्ने नमूनासमेत देखाइने उहाँको भनाइ छ । ऐनको अनुसूची १ मा नभएका मृग प्रजाति, चरा, सर्प, बदेल, बाँदरजस्ता जनावर पाल्न सकिने छ ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र बनाउने तयारी गरिएको बताउनुभयो । सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published.