Categories
मनोरंजन

कतारमा भब्य कार्यक्रमका बिच कमल किरणको भुल गरे सार्वजनिक । ( भिडियो सहित )

सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिको ब्यानरमा निर्मित तेस्रो म्युजिक भिडियो ” भुल गरे” कतारको अल्खोरमा एक कार्यक्रमका बिच बिमोचन सप्पन्न भएको छ।
सन्ध्याग्रुप अल्खोर कतारका का.वा. अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा अन्तरास्ट्रिय कलाकार मन्चका अध्यक्ष भबिन तामाङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथिहरुमा अन्तरास्ट्रिय नेपाली साहित्य

समाज कतार च्यापटरका अध्यक्ष प्रेम प्रसाद भट्टराई ,सन्ध्या ग्रुप कतारका सल्लाहकार राम प्रसाद पराजुली , बिजय यादब , नेपाल प्रबासी तामाङ सामाज कतारका केन्द्रिय सदस्य पासाङ मोक्तान तामाङ , नवोदित साहित्य वाचनालय कतारका वरिष्ठ उपाध्यक्ष चक्र कार्की,संघीय लिम्बुवान सामाजिक मन्च कतारका अध्यक्ष रेखा राई, समाजसेवी लक्ष्मण चौलागाई,दिपक भन्डारी लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
दिप प्रज्वलन तथा राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति,प्रमुख अतिथि ,बिशेष अतिथिका हातबाट म्युजिक भिडियो बिमोचन गरिएको थियो।

मोडल तथा डान्सर मात्र नभई कुशल कोरियो ग्राफर समेत रहेका राज गुरुङ्गको निर्देशमा तयार पारिएको उक्त म्युजिक भिडियो कतारका विभिन्न मनमोहक र सुन्दर दृश्यहरुमा छायांकन गरिएको छ।उक्त म्युजिक भिडियोमा सन्ध्या ग्रुप अल्खोर कतारका कलाकारहरु गणेश दर्नाल,बिबिशा लुईटेल र सुबास खनालको अभिनय रहेको छ।त्यसै गरि क्यामेरा मेनमा मोडल तथा कलाकार अर्जुन कुमारले साथ दिएका छन भने श्रृङ्गारमा रेनुका बस्नेतले गरेकी छिन। कमल किरणको स्वर तथा बिक्रम बराईलीको शब्द सङ्गीतमा सजिएको उक्त गीतमा प्रकाश सापकोटाले एरेन्जर गरेका हुन।

कार्यक्रमको अन्त्यमा उक्त भिडियोका निर्देशक तथा सन्ध्याग्रुप सस्स्कृतिक बिभाग प्रमुख समेत रहेका राज गुरुङ कर्मभुमी लाई बिट मार्दै जन्मभुमि प्रस्थान गर्ने भएपछि सबैबाट उनिले सस्था प्रती पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै खादा र सम्मान पत्र हस्तान्तरण गरि बिदाई गरिएको थियो।कार्यक्रमको सहजीकरण सस्थाका सह सचिब अर्जुन पौडेलले गरेका थिए भने स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष अर्जुन कुमारले दिएका थिए।

सर्पं झै घिस्रिएर जीवन काट्दै श्याम, दलित भएकै कारण यस्तो ? (भिडियो)

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. ४ चौताराका यी २२ बर्र्षिय श्याम नेपाली जन्मजात अपाङ्ग हुन् । दलित समुदायको बाहुल्य बस्ती रहेको चौतारा जहाँ शिबले जम्मा २ कक्षा सम्ममात्र पढ्न पाए ।
जन्मदा नै  अपाङ्गता भएर जन्मिएका श्याम सानो उमेरमा त कतै पनि हिडडुल नै गर्न सकेनन् । दुबै खुट्टा जोडिएका थिए । उनका परिवारले धेरै ठाउँमा उपचार गर्न लगे तर उनी उभिएर हिड्न भने सकेनन् । हिड्नै नसक्ने छोरालाई कम्सेकम घिस्रिएर हिड्न सक्ने बनाउन उनका परिवार सफल भए । आज यीनै श्याम घिस्रिएर हिड्छन् ।
घर नजिकै चौतारी छ । यो चौतारीमा मानिसहरुको बाक्लो आवत जावत हुन्छ । मानिसहरुको आवतजात हुने भएर होला श्याम धेरैजस्तो समय त्यही चौतारीमा भेटिन्छन् । कतिपयले उनको शारिरिक अवस्था देखेर दयामाया गर्छन् केही पैसा पनि दिन्छन् तर कतिपयले देखे नदेखे जस्तो गर्छन् ।  तलको भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=cjrvM91WI9M&feature=youtu.be

Leave a Reply

Your email address will not be published.