Categories
राजनीतिक

ज्ञानेन्द्र शाहीको आरोप राजनीतिक दलका नेताहरु विदेशीहरुका खेलौना भए (भिडियो सहित )

‘नेपालको लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार र राजनीतिक दलका नेताहरु विदेशीहरुका खेलौना भएको आरोप लगाएका छन् ।

आइतबार सुत्र टिभीसँगको अन्तरवार्तामा शाहीले २०४६ साल अघिको नेपालमा विकासको गति राम्रो भएको भन्दै अहिले राजनीतिक दल र नेताहरुले राष्ट्रको सम्पत्ति लुट्नुसम्म लुटेको आरोप लगाएका छन् ।

उनले नेपालको अवस्था बिगार्न २०३६ सालमै बिजारोपन गरिएको भन्दै भारतमा भएको १२ बुँदै सम्झौता र १० बर्षे माओवादी युद्ध विदेशीहरुकै डिजाइन भएको प्रष्ट पारे । उनले राजनीतिक दलहरुले नेपालका उद्योग कलकारखाना बेचेर यूवाहरुलाई बेरोजगार बनाएको आरोप लगाउँदै यूवाहरुलाई विदेशिन बाध्य पार्ने राजनीतिक दलकै नेताहरु भएको दावी समेत गरे ।

उनले भने, ‘विदेशी प्रभूहरुको डिजाइनमा काम गर्ने नेपालका नेताहरुले कहिले पनि जनहितका काम गरेका छैनन् । ’ अभियन्ता शाहीले मदन भण्डारीको हत्या वर्तमान प्रधानमन्त्री एवम् नेकपाका केपी ओलीले गरेको आरोप समेत लगाए । उनले योगेश भट्टराईले लेखेको एमालेका ३१ राष्ट्रघात नामको किताबमा प्रष्ट रुपमा केपी ओलीलाई भण्डारीको हत्यारा भनेर उल्लेख गरेको जिकिर गरे । भिडियो

यो पनि हेर्नुहोस -श्रीमानले पराइसंग यौ*नसम्पर्क राखेको श्रीमतीले थाहा पाएपछि २७ वर्षिया कंचनको ह*त्या

राजविराज । आफ्नो बहिनीको रहस्यमय निधन भएपछि माइती पक्षले राजविराजमा श*व सहित प्रदर्शन गरेका छन् । उनीहरुले महिलाको ज्यान लिएको भन्दै दोषिमाथी कारवाहीको माग गरेका छन् । राजविराज नगरपालिका १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको श*व सहित उनका माइती पक्षले राजविराजमा प्रदर्शन गरेका हुन् । अघिल्लो दिन बिहान कंचनको मृ*त शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झु*ण्डि*एको अवस्थामा फेला परेको थियो ।

कञ्चनको परिवारले उनको आ*त्मह*त्या भएको बताएका थिए । सोमबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको पोष्टमार्टम सकिएपछि श*व लिएर गएका माइती पक्षले प्रदर्शन गर्दै दोषी माथि कारवाहीको माग सहित प्रदर्शन गरेका हुन् ।

अरविन्दको विवाहेत्तर सम्बन्ध रहेको र सो सम्बन्धका बारेमा कञ्चनले थाहा पाएपछि उनको ह*त्या भएको माइती पक्षले आरोप गाएका छन् । केही दिन यता अरबिन्दको अर्कै केटीसँग लसपस भएका कारण कञ्चनसंग सम्बन्धमा खटपट आएको थियो । उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाँडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माइती पक्षको माग छ । कंचनलाई श्रीमान् पक्षले कुट*पिट गरेर ह*त्या गरेको र आ*त्म*हत्या देखाउन झु*ण्ड्या*एको दाबी छ ।

राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि अरबिन्दको अर्कै केटीसंग सम्बन्ध भएको थाहा पाएपछि सम्बन्धमा चिसोपन आएको छिमेकीले समेत बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.