Categories
ताजा समाचार

पशुपति मन्दिर परिसरमा राखेको फूलका पसलहरु नगरपालिकाले फालेपछी स्थानीय आक्रोशित(हेर्नुस भिडियो)

पशुपति मन्दिर परिसरमा राखेको फूलका पसलहरु नगरपालिकाले फालेपछी स्थानीय आक्रोशित भएका छन् । आइतबार दिउसो एक्कासी प्रहरी हरु आएर आफ्नो सामान फाले पछी ब्यापारीहरु आक्रोशित भएका हुन् ।

कहिले कहिँ प्रहरी आएर मौखिक रुप हटाउन आग्रह गरेपनि आज चै एक्कासी आएर सामान सडक भरि फालेको ब्यापारीहरु बताउछन । बर्षौ देखि फुलको व्यापार गर्दै आएको स्थान आफु हरुले नछोड्ने उनीहरुको अडान रहेको छ ।
सामान फलेको केहि समयमा हामीले उक्त स्थानमा गएर रिपोर्ट बनाएका छौ । पुरा रिपोर्ट तलको भिडियो हेर्नु होला

यो पनि हेर्नुहोस-पूर्व राज्यमन्त्री हवाइजहाजमा यात्रा गरिरहेका बेला आकाशमा नै हृदयाघात भएर ढले

भैरहवा- पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हवाइजहाजमा यात्रा गरिरहेका बेला आकाशमा नै हृदयाघात भएको छ। आइतबार दिउँसो बुद्ध एयरको यु ४ ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा उनलाई हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। दिउँसो ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराएपछि अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए ।

जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका यात्रुले चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् ।

मुखबाट बान्ता निस्किएको अवस्थामा बिष्ट सिटमै बेहोस थिए । कृतिले ककपिटमा क्याप्टेन इर्साद उद्धिनलाई इन्टरकमबाट खबर गरिन् । त्यस बेला जहाज कोपाइलट सुमित शुक्लाले उडाइरहेका थिए ।

५७ वर्षीया विष्टको टाउकोमा समस्या आएपछि केही वर्षअघि टाउकोको अपरेसन (एनारकजिम) गरेका थिए। समयसमयमा फिजर (झड्का) लाग्ने समस्या उनलाई थियो। आइतबार पनि त्यस्तै खालको झड्का लागेको हृदयाघात भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published.