Categories
राजनीतिक

पुष्पकमल दाहाल प्रचण्डको चेतावनी पूर्वराजा ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने

नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

शनिबार एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष कमल थापाले सरकार नभई व्यवस्था नै फेर्नु पर्ने बताएपछि प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् ।नेकपा अध्यक्ष प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ।

यो पनि हेर्नुहोस- पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक(भिडियोसहित)

काठमाडौं, १९ साउन । आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।

उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ। सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने बताएको छ। सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने ट्रष्टले बताएको छ।हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ।

राजा भइकन शाहले २०५८ देखि २०६२ सालसम्म जारी गरेका सन्देश, मिडियामा दिएका अन्तर्वार्ता उक्त संग्रहमा समावेश छन्। शाह आफैंले ‘आफ्नो अन्तर्मनको मेरो स्पन्दन’ शीर्षकमा एउटा लेख पनि त्यहाँ छापिएको छ।

 

Leave a Reply

Your email address will not be published.