Categories
खेलकुद

रोनाल्डोले घर आफ्ना मिल्ने साथीलाई बेचे

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् ।

रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्।रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे र रोनाल्डो मिल्ने साथी हुन् ।

अर्को समाचार प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा एसी मिलानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले मिलान क्लबलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले बाजी मार्यो ।

मार्कुस रासफोर्डले १४ औ मिनेटमा युनाईटेडलाई जित दिलाएका थिए । २६ औ मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६० औ मिनेटमा भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाति गोल गरेपछि मिलान क्लबले अग्रता बनाएको थियो ।

७२ औ मिनेटमा जिसे लिङगार्डले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले ५–४ गोल अन्तरले बाजी मारेको थियो ।

Leave a Reply

Your email address will not be published.