Categories
मनोरंजन

टिका सानुले आफुलाई गीतको छायाँकनमा पखाला लागेर गाह्रो भएको बताईन्,शिशिर भण्डारी सँग को यो रमाइलो कुराकानी (हेर्नुहोस भिडियो सहित )

गायिका टिका सानुले हालसालै तीज गीत ल्याएकी छिन् । उनले ल्याएको बुहारी बोलको तीज गीतलाई निकै रुचाइएको छ । यो गीतको भिडियो युटुव ट्रेन्डिङ्गको पहिलो नम्वरमा आउन सफल भयो ।

पछिल्लो समय ट्रेण्डिँग गर्ल भनेर पनि टिकालाई चिनिन्नछ कारण उनले गाएका लाईभ दोहोरीहरु एकपछि अर्को युटुबको ट्रेण्डिँगमा रहन्छन् ।

यसैबिच तीज गीतको सफलतासँगै शिशिर भण्डारीले टिका सानु र मानसिँह खड्का सहित बुहारी भाग २ को टिमसँग भलाकुसारी गरेका छन् । कुराकानीका क्रममा टिका सानुले आफुलाई गीतको छायाँकनमा पखाला लागेर गाह्रो भएको बताईन् । यस्तै उनीहरुले गीबाट आएको रकम सामाजिक कार्यमा खर्चने बताए । भिडियो हेर्नुस

यो पनि हेर्नुहोस -रामेछापमा वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

रामेछाप – खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम विस्फोट गराएका छन् ।

विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए ।

ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवनमासमेत क्षति पुगेको छ । शुक्रबार राति नै विस्फोट गराइएको भए पनि शनिबार बिहानमात्रै स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।

घटनाको सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published.