Categories
ताजा समाचार

१६ लाख असी हजार बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी गर्ने ४ जना पक्राउ

काठमाण्डाै – वर्ल्डलिंंक कम्युनिकेशनको विभिन्न कार्यालयका लागि ल्याइएको १६ लाख असी हजार बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ का २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी तथा जुम्लाको सिंजा धाफा ३ घर भएर हाल काठमाण्डौ सीतापाइला बस्ने २५ वर्षीय हरि शर्मा रहेका छन् ।

चितवन, हेटौंडा र बुटवललगायतका वर्ल्डलिंंकका शाखा कार्यालयमा पठाउने क्रममा उनीहरुले गएको साउन ८ गते शंखमूलबाट ती सामानहरु लाेड गरिएकाे गाडीबाट चोरी गरेका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट बिहीबार चोरी गरिएका सामानसहित उनीहरुलापक्राई गरेको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा राखिएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस – र*क्सीले मा*तेर नाचिरहेका एक युवकले सुरक्षार्थ खटिएका प्रहरीलाई समातेर किस गरिदिँएपछि

एजेन्सी । घटना नेपालको भने होइन । भारतको तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा प्रहरी माथि अनौठो घटना भएको छ । र*क्सीले मा*तेर नाचिरहेका एक युवकले सुरक्षार्थ खटिएका प्रहरीलाई समातेर किस गरिदिँएपछि अहिले सो तस्बिर र भिडियो भाइरल भएको छ । ति युवक पनि फ*न्दामा फसेका छन्।

ती युवाकले प्रहरीलाई किस गरेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल नै भएको छ । आइतबार मध्यरातमा सडकमै भइरहेको भीडमा पुगेका प्रहरीलाई दु*व्र्यव*हार भएको हो ।

भिडियोमा ती युवाकलाई प्रहरीले धकेलेको पनि देखिन्छ । घटनापछि युवकलाई प्रहरीले निय*न्त्रणमा लिएको छ । प्रहरीका अनुसार युवक एउटा प्राइभेट बैंकका कर्मचारी हुन् ।

र*क्सीले मा*तेर अचानक प्रहरीलाई उनले दुव्र्य*वहार गरेका थिए । स्थानीय मिडियाका अनुसार ती प्रहरी नाचको भीडमा सुरक्षाका लागि खटिएका थिए । खासगरी यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published.