Categories
अन्तरास्ट्रिय

भैसी अ*पहरण गरेर लाखौं रुपैया फिरौती मागेपछि

तपाई हामीले मानिसलाई अ८पहरण गरेर ठूलो रकम फि८रौती मागेका थुप्रै उदाहरण सुनेका देखेका छौं । तर भैसी पनि अ८पहरणमा परेको सुन्दा अनौठो लाग्न सक्छ ।

भारतको मध्य प्रदेशको उज्जैनमा किसानले पालेको भैसी अ८पहरण गरेर लाखौं रुपैया फिरौती मागिएको छ । अ८पहरणको यो अनौठो घटनाले भारतमा चर्चा पाएको छ ।

किसानले पालेको भैंसी चोरेर अ८पहर८णकारीले धनीसँगलाखौं रुपैया फि८रौती मागेका हुन्। अ८पहरणकारीले भैंसीका मालिक अंगुरवाली हाडासँग भैंसीको बदला लाखौँ रुपैयाँ फि८रौती मागेका थिए।

यो समाचार भारतीय समाचार संस्था आजतकले सार्वजनिक गरेको छ । सो समाचारका अनुसार कसैले रातिको समयमा भैंसी मालिकलाई फोन गरी भैंसी अ८पहरणमा परेको र ठूलै रकम दिएपछि मात्र भैंसी फिर्ता हुने खबर गरेका थिए।

हाडा एक डेरी उद्योगकी मालिक पनि हुन्। उनीसँग मुर्हा जातका महंगा भैंसी छन्। यो जातका भैंसी खुब दूधालु हुने भएकाले महंगो पर्छन । एउटा भैंसीको मूल्य डेढ लाखदेखि २ लाख रुपैयाँसम्म पर्छ। हाडाको फर्मबाट भैंसी अ८परणमा परेको यो पहिलो घटना भने होइन। उनका अनुसार बदमासहरूले यसअघि पनि उनका भैंसी अ८परण गरेर फिरौती मागेका थिए।

ती अ८पहरणकारीहरूले एकजना छिमेकीलाई मध्यस्थकर्ता बनाएर भैंसी अ८पहरण गरेका ‍रहेछन्। त्यतिबेला उनले अ८पहरणकारीलाई १ लाख ३५ हजार रुपैयाँ दिएर भैंसी फिर्ता लिएकी थिइन्।

यो वर्ष जुन महिनामा उनको फर्मबाट फेरि ४ वटा भैंसी हराए पछि उनले प्रहरीको सहारा लिएकी थिइने । उनले भैंसी अ८परणको मु८द्दा दर्ता समेत गराइसकेकी छन्। समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ। भैंसी हराउन थालेपछि हाडाले आफ्नो फर्ममा सीसी क्यामेरा जडान गरेकी छन्।

Leave a Reply

Your email address will not be published.