Categories
ताजा समाचार

बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला नि छक्का चौका,नेपाल एअरलैंस वा बन्ने बनाउने छु -नवनियुक्त पर्यटनमन्त्री भट्टराई (भिडियो हेर्नुस्)

काठमाडौं, १६ साउन । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले आफ्ना सामू थुप्रै चुनौती रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्न पुगेका मन्त्री भट्टराईले दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अघि सारेका योजना पुरा गर्नु आफ्ना लागि चुनौती रहेको बताएका छन् ।

उनले माल्यार्पण पछि सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने काम नै आफ्ना लागि पहिलो चुनौती भएको बताए ।

उनले अधिकारीले अघि सारेका योजना निर्माणाधीन पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्ने, पर्यटकीय गन्तव्यहरुको विकास गरी विदेशीहरुलाई नेपाल आउन प्रेरित गर्ने काममा आफु दत्तचित्त भएर लाग्ने बताए ।

उनले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा आफु भर्खर कामका लागि मैदानमा उत्रिएको बताए । कामको परिणाम पनि देखिने उनको भनाई छ । उनले भने, ‘ बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका ।

एकएक रन लिएर अलमलिएर नबस्ने । छक्का चौका हान्ने हो ।’ राष्ट्रपतिवाट सपथ लिएर पदभार ग्रहण गर्दा मन्त्री भट्टराईले आफु रवीन्द्रको उत्तराधिकारी भएको अभिब्यक्ति दिएका थिए ।

रवीन्द्रको उत्तराधिकारी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको उनको भनाइ थियो । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै भट्टराईले आफू रवीन्द्रको उत्तराधिकारीका रुपमा आएको प्रतिकृया दिए ।

भट्टराईले परिस्थितिबस आफू रवीन्द्रको उत्तराधिकारी भएको उल्लेख गरे । ‘परिस्थितिले म रवीन्द्रजी बसेको कुर्सीमा बस्न आइपुगेको छु’, भट्टराईले भने, ‘म उहाँ (रवीन्द्र) को उत्तराधिकारी हुँ ।’

आफूले भन्दा रवीन्द्रले नै पर्यटन मन्त्रालयको नेतृत्व कुशलतापूर्वक गर्न सक्ने भन्दै भट्टराईले प्रकृतिलाई जित्न नसक्दा अधिकारीको निधन भएको र आफू उत्तराधिकारीका रुपमा आउनुपर्ने अवस्था उत्पन्न भएको बताए ।

https://youtu.be/pfrUVew1Ejo

Leave a Reply

Your email address will not be published.